ताजा समाचार

पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !

काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना  हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको माइक्राे बस आज शुक्रबार बिहान करिब ६ः३० बजे धनकुटामा दुर्घटना भएको हो । उक्त दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् ।

मृत्यु  हुनेमा संखुवासभाको सभापोखरी गाँउपालिका वार्ड नम्बर २ बस्ने ८२ बर्षिया सबिता कालाखेती रहेको धनकुटा प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन्। दुर्घटनापछि सबै घाइतेहरूकाे उद्धार गरी जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेकाे छ ।

उपरिक्षक थापाका अनुसार घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । माइक्रोबस धनकुटाको पाख्रिबास नगरपालिका ५ भैंसेमा अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेर दुर्घटना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org