मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा (देवाली) गर्दैछन् । प्रत्येक तीन\तीन वर्षमा गरिने कूलपूजा (देवाली) कार्यक्रम मंसिर शुक्ल चतुदर्शी तिथिमा हुने भएको हो । कूलपूजाका अवसरमा भट्टराई बन्धुहरु भेला भएर आपसी भेटघाट, वंश परिचय, छलफल, कुलदर्शन, बलिपूजा लगायतका क्रियाकलापमा सहभागी हुनेछन् । कुलको विँडो थाम्न र परम्परालाई जोगाइराख्न उत्सुकतापूर्वक भट्टराई परिवारका सदस्यहरु, नातागोता, इस्टमित्र कुलपूजामा सहभागी हुने गरेका छन् । मंसिर १७ गते कुलपूजाको मूख्य दिन गोठगाउँस्थित देवाली थानमा देशविदेशका हजारौं भट्टराई बन्धु तथा आफन्तजन उपस्थित हुने भट्टराई कुल विकास प्रतिष्ठान गोठगाउँ मोरङका अध्यक्ष पदमराज भट्टराईले सञ्चारमाध्यमहरुलाई जानकारी दिनु भयो ।
भट्टराई कुल विकास प्रतिष्ठान गोठगाउँ मोरङले यही मंसिर ९ गते मंगलबार गोठधूप आयोजना गर्यो । मंसिर १७ गते बुधबार कुलपूजा देवाली गर्ने सुनिश्चित भएकाे हो । भट्टराई कुल विकास प्रतिष्ठान गोठगाउँ मोरङका अध्यक्ष पदमराज भट्टराईको अध्यक्षतामा मंसिर ६ गते शनिबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेकाे थियाे । मंसिर ९ गते गोठधूप विन्ध्यवासिनी महोत्सव गर्ने निर्णयअनुसार तीनजना ब्रम्हाण बोलाएर सो सम्पन्न भइसकेको छ । गोठधुपका अवसरमा पाँचसय बढी भट्टराई बन्धुबान्धवहरु सहभागी हुनु भएको थियो । प्रत्येक मंसिरमा विवाह पञ्चमीका अवसरमा विन्ध्यवासिनी महोत्सव गर्ने गरिएको छ । उता भोजपुर जिल्लाको भूल्केमा भने यही मंसिर १८ गते बिहीबार कुलपूजा देवाली हुँदैछ।
गाेठगाउँकाे देवालीमा विभिन्न देश तथा देशकै विभिन्न ठाउँबाट आउने अतिथिहरुका लागि बस्ने व्यवस्था, शौचालय, पिउने पानी, विजुली बत्तीलगायत आवश्यक आधारभूत सुविधाहरुको पूर्वतयारी गरिएको भट्टराई कुल विकास प्रतिष्ठान गोठगाउँ मोरङका वरिष्ठ उपाध्यक्ष प्रवीण भट्टराईले जानकारी दिनु भयो ।
कुल पूजाका लागि यही मंसिर १४ गतेदेखि पाँचजना ब्रम्हाण राखेर पुलस्चरण-वेद पाठ गर्दै शुभारम्भ गरिने र १७ गते समापन हुनेछ । १७ गते महाबली विहान ११ बजेदेखि सुरु हुनेछ । बोका बली दिनका लागि रसिद काट्ने काम विहान सबैरेै सुरु हुनेछ । टाढाटाढाबाट आउने भक्तजनहरुलाई केही विशेष सुविधा पनि दिइने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । १७ गतेका दिन कुलपूजास्थल परिसरमा १३ जना ब्रम्हाणहरुले होमहोमादी गर्नेछन् । १७ गते विहानै धामीको साथमा मूल दियोलाई मण्डप वरिपरि घुमाएर देउरालीमा पूजा हुनेछ । देउराली पूजा सकेपछि यज्ञादीमा पूजा हुनेछ । यस्तै भित्री मण्डपमा दियो बालेर दुईजना ब्रम्हाणद्वारा विहान १० बजेसम्म विधिवत् पूजा हुनेछ । तीनवर्षे कुलपूजा देवाली सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै दाजुभाइहरुको ऐक्बद्धता हुने विश्वास लिएकाे उपाध्यक्ष केशव भट्टराईले बताउनु भयो ।
गतसाल दुई हजार बोका बली दिइएकोमा अहिले त्योभन्दा बढी हुने अनुमान गरिएको छ । कुलपूजा देवलीमा शक्तिरुपी पूजा एवम् बलीका बखत पाँचजना कुलका धामीहरुको विशेष भूमिका हुनेछ । यस अवसरमा ८० हजार मानिसको जमघट हुने अनुमान गरिएको छ । कुलपूजा सम्पन्न गर्नका लागि विभिन्न समितिहरु गठन गरिएको पनि अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । १६ गते आएर मण्डप बारिदिन र १७ गतेको देवालीमा विधिवत् रूपमा सहभागी हुन कुल विकास प्रतिष्ठानले आग्रह गरेको प्रचारप्रसार संयोजक शिव भट्टराई भोजपुरेले जानकारी दिनु भयाे ।
देवाली परिसरस्थित लगभग १५ सय मानिस अटाउने पार्टी प्यालेसमा मानिसहरुलाई बस्ने व्यवस्था गरिएको छ । यस्तै बोका राख्नका लागि घेराबाराको व्यवस्था गरिएको छ । गत देवालीहरुमा भएका कमीकमजोरीहरुलाई गहिरिएर समीक्षा गर्दै कुल पूजामा सहभागी हुने भट्टराई परिवारलगायत भक्तजनको सहजताका लागि सक्दो व्यवस्थापन गर्ने जनाइएकाे छ ।
गोठधूप पूजाको दिनदेखि देवालीको दिनसम्म नै कुल दर्शन तथा जोखना हेराउने काम हुनेछ । यस्तै १७ गते देवालीका दिन पुलस्चरणको पूर्णाहुती , तिलकपाती एवम् प्रसाद वितरण, बलि दर्ता, बोका पर्सिने कामलगायत हुनेछ । विभिन्न कामका लागि सयौं भट्टराई बन्धुहरु खटिनु हुनेछ । यसैगरी देवलीको भोलिपल्ट मंसिर १८ गते कुल विकास प्रतिष्ठानको वार्षिक साधारणसभा हुनेछ । साधारणसभाले आगामी तीनवर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । साधारणसभामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिने छ । यस्तै देवालीको आरम्भ भएदेखि उत्कृष्ट कार्य गर्ने सहयोगी बन्धुबान्धवलाई पुरस्कार प्रदान गर्दै सम्मान गरिने छ । साधारणसभाको अवसरमा देवालीमा भएको आम्दानी र खर्चको विवरण प्रस्तुत हुनेछ । दुईवटा मूल मेडोको प्रसादलगायत अन्य फूलप्रसाद सोही दिन वितरण गरिनेछ ।
ठूलो क्षेत्रमा फैलिएको कुलपूजा परिसरमा गुरु वशिष्ठ र अरुन्धतीको शालिक, विन्ध्यवासिनी देवीको मन्दिर, कुलपूजा स्थल, गोठधूप, भेला तथा देवली स्थान रेखदेख गदै बस्नका लागि आवश्यक भवन, पार्टी प्यालेसलगायत भौतिक संरचना निर्माण गरिएको छ । कुलपूजाका अवसरमा चढाइने भेटी तथा दाताहरुको सहयोगबाट संकलित रकमले विभिन्न संरचनागत कामहरु, सामाजिक क्रियाकलाप, कुलपूजास्थलको व्यवस्थापनलगायतका कामहरु हुँदै आएका छन् ।
भट्टराईको कुलपूजामा बोको चढाइए चिताएको पुरा हुने विश्वासले भाकल गर्नेहरुको संख्या हरेक कुल पूजाको अवसरमा बढ्ने गरेको छ । कुलपूजामा चोखोनितो गरेर पालिएको निखर कालो र सेतो रंगको बोकाको बली दिइने गरिएको छ । बली नदिनेहरुले नरिबल, फूलपाती, अक्षता, धूप, घण्टी, चमर, दियो कलश, भेटीलगायत पूजा सामग्री चढाउने गर्दछन् । गाेठगाउँमा भट्टराईहरुले हरेक तीन वर्षमा गर्ने कुलपुजा देवालीमा अन्य जातजातिका मानिसहरुको पनि सहभागिता हुने भएकाले यसलाई बन्धुत्व, सामाजिक एकता र सद्भावको पर्वका रुपमा लिने गरिएको छ ।
नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका भट्टराई बन्धुहरुले आ-आफ्नो परम्पराअनुसार कुलपूजा देवाली गर्ने गरेका छन् । कुनै ठाउँमा बसोबास गर्ने भट्टराई बन्धुहरुले पूजाआजा गर्दै बली पनि दिएर देवाली गर्ने गर्दछन् । केही ठाउँमा भर्ने बली नदिइकन पूजाआजा मात्रै गर्ने परम्परा छ । मोरङ गोठगाउँमा अधिकांशले बलि दिएर र केहीले नदिइकन कुलपूजा गर्ने गरेका छन् । नेपालमा भट्टराईका साथै अन्य जातजातिले पनि आआफ्नो परम्पराले कुलपूजा गर्ने गरेका छन् । कुलपुजा गरिए पारिवारिक सुख, शान्ति हुने विश्वास छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











