कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टी संगठन झन बलियो हुन्छ : महामन्त्रीद्वय
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। पुस २७ र २८ गते सञ्चालन हुने महाधिवेशनको उद्घाटन आइतबार दिउँसो १ बजे हुनेछ।
उद्घाटनअघि बिहान ११ बजे सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी र कुपण्डोललगायत स्थानबाट नेता–कार्यकर्ताको र्याली भृकुटीमण्डपतर्फ जाने आयोजक समितिले जनाएको छ। उद्घाटन सत्रका लागि खुला चौरमा ५० अतिथि अट्ने मञ्च र छ हजारभन्दा बढी सहभागीका लागि कुर्सीको व्यवस्था गरिएको छ।
महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ भने अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन। प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि भृकुटीमण्डप परिसरबाट सुरु भएको छ।
आयोजकका अनुसार तीन हजार ६०० प्रतिनिधिका लागि काठमाडौँका विभिन्न स्थानमा आवास तथा आयोजनास्थलमै खाना–नास्ताको व्यवस्था गरिएको छ। उद्घाटनपछि पुस २८ गतेदेखि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ।
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन अनिवार्य भएकाले यसलाई पार्टीलाई जीवन्त र सुदृढ बनाउने अवसरका रूपमा लिन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरिएको थियो।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












