संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ।
संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङदेङ्वेले कडा प्रतिवाद गरेपछि बैठक झण्डै दुई घण्टा लम्बिन पुगेको थियो।
परिषद् बैठकमा प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्रस्ताव ल्याएपछि उनले असहमति प्रकट गर्दै प्रतिवाद गरेका थिए।
बैठकको अन्तिमसम्म नै भिष्मराजले संविधान, कानून र परम्परा मिच्च नहुनेमा जोड दिएका थिए। वालेन्द्र शाहले भने कार्यक्षमतामा अव्वल भन्दै शर्माको नाममा अड्डी कसेका थिए।
मुद्दाको संख्या देखाउदै वालेन्द्रले अड्डी कस्दा वरिष्ठता नै मानक मान्ने परम्परा रहेको भन्दै उनले भारतको उदाहरण समेत दिएको स्रोतको दाबी छ। भिष्मराजले फरक मत राख्दा राष्ट्रियसभाका अध्यक्ष नारयणप्रसाद दाहालले पनि अन्तिममा लिखित असमति राखेका थिए। यता, श्रम संस्कृति पार्टीबाट उपसभामुख बनेकी रुवीकुमारी ठाकुरले भने कुनै प्रतिक्रिया नभएको भन्दै जवाफ दिएको बताइएको छ।
पूर्वप्रधानन्यायाधीशदेखि न्यायाधीश र कानूनका जानकारहरुले सरकारले लिएको निर्णयले न्यायालय शक्ति सन्तुलनको माध्यम नभई पपेट बन्नसक्ने खतरातर्फ औल्याएका छन्। यद्यपी शर्माको सिफारिसपछि अन्य वरिष्ठ न्यायाधीशले के गर्छन भन्ने चासो देखिन्छ।
Comments
अरु समाचार
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...












