कांग्रेसका शीर्ष नेताहरू आ-आफ्नो भूगोलबाट महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसका शीर्ष नेताहरू १५औं महाधिवेशनका लागि आ-आफ्नो भूगोलबाट महाधिवेशन प्रतिनिधि (प्रतिनिधिसभा क्षेत्रीय प्रतिनिधि) चयन भएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट पार्टी सभापति गगनकुमार थापा र काठमाडौं-५ बाट महामन्त्री प्रदीप पौडेल सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
त्यसैगरी, पार्टीका उपसभापति विश्वप्रकाश शर्मा भने झापा निर्वाचन क्षेत्र नम्बर १ बाट भएको आन्तरिक प्रतिस्पर्धात्मक मतदान प्रक्रियामार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
काठमाडौंको खुल्ला मञ्चमा आगामी असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुने गरी तय भएको १५औं महाधिवेशनका लागि तल्लो तहका अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया देशैभर तीव्र पारिएको छ।
महाधिवेशनका लागि सभापति थापाको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न १५ वटा विषयगत समितिहरू समेत गठन गरिसकिएको छ।
अर्कातर्फ, संस्थापनइतर मानिने पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने तोकिएको महाधिवेशन प्रक्रिया र मितिप्रति असन्तुष्टि जनाउँदै आगामी मङ्सीरमा छुट्टै महाधिवेशन आयोजना गर्ने तयारी र आन्तरिक भेलाहरू अगाडि बढाएको छ।
शीर्ष नेताहरूको महाधिवेशन प्रतिनिधि चयन र दुई पक्षबीचको आन्तरिक धु्रवीकरणले कांग्रेसभित्र १५औं महाधिवेशनको सरगर्मी ह्वात्तै बढाएको छ।
Comments
अरु समाचार
-
बागलुङ बाढीपहिरो अपडेट: मृत्यु हुनेको संख्या १२, एक बेपत्ता
बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको...
-
पूर्व प्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति ‘सर्वोच्च अदालत पूर्ण बैठक’ को गम्भीर ध्यानाकर्षण
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नेपाल प्रहरीका अधिकृतहरूले मध्यरातमा घरबाट उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगी...
-
हिम्लुङ बेस क्याम्प हिमपहिरोः सम्पर्कविहीन १२ मध्ये चार मृत फेला
काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ।...
-
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणः एमाले र राप्रपा सांसदको कडा आपत्ति
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा...
-
भोटेकोशी नदीमा ज्यान गुमाएकाको डीएनए परीक्षण तीव्र, ६३ प्रतिशत प्रोफाइलिङ सकियो
काठमाडौँ। भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम धमाभम हुँदैछ । चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल...
-
अविरल वर्षाका कारण मुलकभरका कुन-कुन सडक अबरुद्ध ?
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्...
-
अपराध अनुसन्धान कार्यालयद्वारा ठूला माछा पक्राउ
काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। प्रहरी कर्मचारीले...
-
पहिरोमा परी पाल्पामा दुई जनाको ज्यान गयो, तीन बेपत्ता
रूपन्देही । अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।...
-
प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटदेखि विश्व शान्तिसम्म कस्तो छ कूटनीतिक सन्देश ?
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सहभागिताले नेपालको अन्तरराष्ट्रिय प्राथमिकता र कूटनीतिक चासो अभिव्यक्त गर्ने अवसर दिएको...












