कांग्रेसका शीर्ष नेताहरू आ-आफ्नो भूगोलबाट महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसका शीर्ष नेताहरू १५औं महाधिवेशनका लागि आ-आफ्नो भूगोलबाट महाधिवेशन प्रतिनिधि (प्रतिनिधिसभा क्षेत्रीय प्रतिनिधि) चयन भएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट पार्टी सभापति गगनकुमार थापा र काठमाडौं-५ बाट महामन्त्री प्रदीप पौडेल सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
त्यसैगरी, पार्टीका उपसभापति विश्वप्रकाश शर्मा भने झापा निर्वाचन क्षेत्र नम्बर १ बाट भएको आन्तरिक प्रतिस्पर्धात्मक मतदान प्रक्रियामार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
काठमाडौंको खुल्ला मञ्चमा आगामी असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुने गरी तय भएको १५औं महाधिवेशनका लागि तल्लो तहका अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया देशैभर तीव्र पारिएको छ।
महाधिवेशनका लागि सभापति थापाको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न १५ वटा विषयगत समितिहरू समेत गठन गरिसकिएको छ।
अर्कातर्फ, संस्थापनइतर मानिने पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने तोकिएको महाधिवेशन प्रक्रिया र मितिप्रति असन्तुष्टि जनाउँदै आगामी मङ्सीरमा छुट्टै महाधिवेशन आयोजना गर्ने तयारी र आन्तरिक भेलाहरू अगाडि बढाएको छ।
शीर्ष नेताहरूको महाधिवेशन प्रतिनिधि चयन र दुई पक्षबीचको आन्तरिक धु्रवीकरणले कांग्रेसभित्र १५औं महाधिवेशनको सरगर्मी ह्वात्तै बढाएको छ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












