ताजा समाचार

वाणिज्य विभागको ‘महानिर्देशक’ बने सहसचिव रितेश शाक्य

काठमाडौं । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ को महानिर्देशक पदको जिम्मेवारी रितेश कुमार शाक्यले सम्हालेका छन् ।  राष्ट्रपति कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा भएर आएका शाक्यलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। शाक्य नेपाल सरकारका सहसचिव तथा पूर्वप्रशासक हुन्। उनले विभिन्न प्रशासनिक तथा आर्थिक निकायमा जिम्मेवारी सम्हालिसकेका छन्।

यसअघि राष्ट्रपतिको कार्यालय लगायतमा रहेर सफल जिम्मेवारी सम्हाली सकेका शाक्य अहिले महानिर्देशकमा पदस्थापन भएका हुन् । शाक्य सिनियर, अनुभवी तथा इमान्दार सहसचिवका रुपमा जिम्मेवारी सम्हाल्ने व्यक्तित्वका रुपमा चिनिन्छन् । सहसचिव भएपछि जिल्ला प्रशासन कार्यालय (सिडियो), अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  पनि कुशल जिम्मेवारी सम्हाली सकेका छन् ।

यसअघि सम्हालेका मुख्य जिम्मेवारीहरूमध्ये उनले आन्तरिक राजस्व विभाग (IRD) को महानिर्देशकको कार्यभार सम्हाले । यसैगरी अर्थ मन्त्रालयमा बजेट महाशाखा प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हाले। नेपाल धितोपत्र बोर्ड (SEBON)को अध्यक्ष पद रिक्त रहेको समयमा अर्थ मन्त्रालयको तर्फबाट बोर्ड सदस्य रहेका शाक्यलाई सरकारले धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो। उनले नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाल बैंक लिमिटेडको सञ्चालक समिति सदस्य (BoD) का रूपमा पनि काम गरेका थिए।

चाडपर्वको समयमा बजारमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुने जोखिम उच्च रहन्छ । चाडपर्व नजिकिएसँगै विभागले नेतृत्व पाएपछि बजार अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org