भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट भेटवार्ता भएको छ।
भारतको राजधानी नयाँ दिल्लीस्थित होटल ताजमहलमा आइतबार साँझ भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र द्विपक्षीय चासोका विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहलाई स्वागत गर्न भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद आइतबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली पुगेका शाहलाई भारतीय पक्षले औपचारिक स्वागत गरेको थियो। उनको स्वागतमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
विमानस्थलमा स्वागतपछि प्रधानमन्त्री शाह होटल ताजमहल पुगेका थिए। त्यसपछि भारतीय विदेशमन्त्री जयशंकरले होटलमै पुगेर शाहसँग शिष्टाचार भेट गरेका हुन्।
२५ मिनेटसम्म चलेको भेटवार्तापछि प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरमले आयोजना गरेको रात्रिभोज कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो द्विपक्षीय औपचारिक भारत भ्रमण हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबारदेखि सुरु भएको भ्रमणका क्रममा सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ।
सोमबार बिहान प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि हैदराबाद हाउसमा मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुवै प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता पनि हुने कार्यतालिका छ।
उक्त वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास, कनेक्टिभिटी तथा आर्थिक सहकार्यका विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्याञ्जनकारसहित उच्च सरकारी अधिकारीहरू सहभागी छन्। निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्।
नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउनु भ्रमणको प्रमुख उद्देश्य रहेको छ।
दुई देशबीचको सम्बन्धलाई आपसी विश्वास, समान हित र आर्थिक समृद्धिको आधारमा अगाडि बढाउने अपेक्षासहित प्रधानमन्त्री शाहको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
Comments
अरु समाचार
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
प्रधानमन्त्री वालेन्द्र भारत प्रस्थान, राजनीतिक परीक्षा शुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...
-
इनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको...
-
सरकारलाई कार्यशैली सच्याउन मानव अधिकार रक्षकहरूको आग्रह, १० बुँदे सुधार प्रस्ताव सार्वजनिक
काठमाडौं। जवाफदेही निगरानी समितिमा आबद्ध मानव अधिकार रक्षकहरूले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले जेनजी...













