सन् २०४५ सम्म फिलिपिन्सको जनसंख्या १४ करोड माथि पुग्ने
मनिला, २६ साउन । सन् २०४५ सम्म मुलुकको जनसङ्ख्या १४ करोड २० लाख भन्दा बढी हुने फिलिपिन्सको राष्ट्रिय तथ्याङ्क प्राधिकरण ‘पिएसए’ ले आज जनाएको छ ।
पिएसएले गरेको जनसङ्ख्या प्रक्षेपणमा औसत वार्षिक बृद्धिदर सन् २०१० देखि २०१५ सम्म एक दशमलब त्रिहत्तर प्रतिशत छ भने सो औसत वार्षिक बृद्धिदर ओरालो लाग्दै गई सन् २०४० देखि २०४५ सम्म शुन्य दशमलब पैंसाठ्ठी प्रतिशत सम्ममा झर्नेछ ।
उक्त औसत वार्षिक बृद्धिदरको अङ्क गणना प्रयोजनार्थ समग्र फिलिपिन्सलाई उच्च तथा न्यून जनघनत्वलाई आधार मानी क्रमशः उत्तरी क्षेत्र वा कालाबार्जोन, राष्ट्रिय राजधानी क्षेत्र, मध्य लुजोन क्षेत्र, पश्चिमी भिसायस क्षेत्र, मध्य भिसायस क्षेत्र र कर्डिलेरा प्रशासनिक क्षेत्र समेत गरी ६ वटा खण्डमा विभाजन गरेर प्रक्षेपण विधि अपनाइएको थियो ।
साथै, सन् २०४५ सम्मको जनसंख्या अनुमान गर्ने प्रक्षेपण आधार रेखा भने सन् २०१० को राष्ट्रिय जन गणनाको नतिजालाई बनाइएको छ । सन् २०१० को जन गणना अनुसार फिलिपिन्सको कूल जनसंख्या नौ करोड तीस लाख मात्र थियो । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...













