‘टर्कीमा मानवअधिकार हनन्’
अङ्कारा, ३ भदौ । टर्कीमा गतमहिना सैनिकले विद्रोह गरी गरिएको ‘कू’ को प्रयासमा संलग्न भएको आरोपमा यहाँको सरकारले जारी राखेको कारबाहीका क्रममा मानवअधिकार हनन् भएको भनाई यहाँका अधिकारवादीहरूको छ ।
टर्कीको सरकारले उक्त असफल सैनिक कूको पक्षमा लागेको आरोमा कैयौँलार्ई थुनामा राखी कारबाही गरेको छ । हजारौँ हजार व्यक्तिलाई सेनाले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
केही समयमा अघि पनि हवाई सेनाका पूर्व प्रमुखसहित २६ वरिष्ठ सैनिक जर्नेललाई अदालतले हिरासतमा लिएको सरकारी सञ्चार माध्यमले जानकारी दिएका थिए ।
यसका अतिरिक्त कारबाहीका क्रममा सरकारी कर्मचारी, प्राध्यापक, कूटनीतिज्ञका साथै विपक्षी दलका नेताहरूलाई पनि नियन्त्रणमा लिएको छ । जसका कारण यहाँ आतङ्क नै मच्चिएको बताइन्छ ।
टर्कीको सरकारले अनुसन्धानका नाममा यसरी जारी राखेको कारबाहीका कारण टर्कीमा ठूलो सङ्ख्याका नागरिकमाथि ज्यादति जारी रहेको भन्दै अधिकारवादीहरूले यस्तो कार्य रोक्न आग्रह पनि गरेका छन् ।
तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति बिदामा रहेका बेला गत महिना गरिएको ‘कू’ को प्रयास घण्टौँ लामो लडाइपछि सरकार पक्षीय सेनाले नियन्त्रणमा लिएको थियो ।
कैयौँ प्राध्यापक, कर्मचारी, नेताहरूलगायत वरिष्ठ अधिकारीहरूमाथि आरोप लागाइएको र हिरासतमा लिइएको राज्यद्वारा सञ्चालित समाचार समिति अनादोलुले जानकारी दिएको छ ।
इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्यामा सडकमा ओर्र्लिएका सैनिक र सरकारी सेनाबीच भएको भिडन्तमा परी करिब ९० व्यक्तिको मृत्यु भएको थियो भने त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका थिए ।
राष्ट्रपति तैयप बिदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको थियो । –एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












