‘टर्कीमा मानवअधिकार हनन्’
अङ्कारा, ३ भदौ । टर्कीमा गतमहिना सैनिकले विद्रोह गरी गरिएको ‘कू’ को प्रयासमा संलग्न भएको आरोपमा यहाँको सरकारले जारी राखेको कारबाहीका क्रममा मानवअधिकार हनन् भएको भनाई यहाँका अधिकारवादीहरूको छ ।
टर्कीको सरकारले उक्त असफल सैनिक कूको पक्षमा लागेको आरोमा कैयौँलार्ई थुनामा राखी कारबाही गरेको छ । हजारौँ हजार व्यक्तिलाई सेनाले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
केही समयमा अघि पनि हवाई सेनाका पूर्व प्रमुखसहित २६ वरिष्ठ सैनिक जर्नेललाई अदालतले हिरासतमा लिएको सरकारी सञ्चार माध्यमले जानकारी दिएका थिए ।
यसका अतिरिक्त कारबाहीका क्रममा सरकारी कर्मचारी, प्राध्यापक, कूटनीतिज्ञका साथै विपक्षी दलका नेताहरूलाई पनि नियन्त्रणमा लिएको छ । जसका कारण यहाँ आतङ्क नै मच्चिएको बताइन्छ ।
टर्कीको सरकारले अनुसन्धानका नाममा यसरी जारी राखेको कारबाहीका कारण टर्कीमा ठूलो सङ्ख्याका नागरिकमाथि ज्यादति जारी रहेको भन्दै अधिकारवादीहरूले यस्तो कार्य रोक्न आग्रह पनि गरेका छन् ।
तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति बिदामा रहेका बेला गत महिना गरिएको ‘कू’ को प्रयास घण्टौँ लामो लडाइपछि सरकार पक्षीय सेनाले नियन्त्रणमा लिएको थियो ।
कैयौँ प्राध्यापक, कर्मचारी, नेताहरूलगायत वरिष्ठ अधिकारीहरूमाथि आरोप लागाइएको र हिरासतमा लिइएको राज्यद्वारा सञ्चालित समाचार समिति अनादोलुले जानकारी दिएको छ ।
इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्यामा सडकमा ओर्र्लिएका सैनिक र सरकारी सेनाबीच भएको भिडन्तमा परी करिब ९० व्यक्तिको मृत्यु भएको थियो भने त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका थिए ।
राष्ट्रपति तैयप बिदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको थियो । –एएफपी
Comments
अरु समाचार
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...












