क्रिकेटर सुनिल र आरिफलाई सिप्रदीले मासिक २० हजार दिने
काठमाडौं, २२ भदौ । सिप्रदी समूहले युवा क्रिकेटर सुनिल धमला र आरिफ शेखलाई मासिक २० हजार रुपियाँ प्रायोजन गर्ने भएको छ। राष्ट्रिय टोलीका दुवै क्रिकेटरलाई सिप्रदी समूहअन्तर्गत रहेको सिप्रदी सहायता संस्थाले दुई वर्षका लागि प्रायोजन गर्न लागेको हो। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सिप्रदी समूहका निर्देशक शम्भुप्रसाद दाहालले यसको घोषणा गर्दै उनीहरूलाई रकमसहित क्रिकेट किट्स पनि प्रायोजन गर्ने जानकारी दिए। ‘यो सुरुवात मात्र हो। आगामी दिनमा पनि देशका खेल प्रतिभालाई प्रायोजन गर्ने हाम्रो लक्ष्य रहेको निर्देशक दाहालले बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान तथा खेलाडी संघका महासचिव पारस खड्काले खुसी व्यक्त गरे। उनले प्रायोजन गर्ने संस्थालाई विशेष धन्यवाद दिँदै भने,‘यस्तो सहयोगले खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्छ।’ उनले निकट भविष्यमा अन्य संस्थालाई पनि सहयोगका लागि निवेदन गर्ने उनले बताए । सिप्रदीले क्रिकेटमा लाग्न आफूहरूलाई प्रायोजन गरेर हौसला बढाएकोमा दुवै खेलाडीले विशेषरूपमा प्रयोजक संस्था र खेलाडी संघलाई धन्यवाद दिए।
Comments
अरु समाचार
-
स्टार स्पोर्ट्सको सम्झौताप्रति तीन संस्थाको आपत्ति, राष्ट्रिय हितविपरीत सम्झौता भएको टिप्पणी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट...
-
राष्ट्रिय फुटबल खेलाडी पूजा राना सम्मानित
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी...
-
यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब...
-
महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले थाइल्याण्डसँग खेल्दै छनोट...