बङ्गुरपालक कृषक पलायन हुँदै
चितवन, ३० भदौ । फस्टाउँदै गएको यहाँको बङ्गुरपालन व्यवसाय भूकम्प र नाकाबन्दीका कारण थला परेको छ ।
बङ्गुरपालक कृषक पलायन हुँदै गएका छन् । सरकारले अनुदान दिँदासमेत तुलनात्मक रुपमा व्यावसायिक कृषकको सङ्ख्या बढ्न सकेको छैन । सुरुमा अनुदान लिएर फार्म दर्ता गर्नेको सङ्ख्या निकै बढी भए पनि अहिले सो सङ्ख्या घटेको छ ।
भूकम्पअघिसम्म जिल्लामा १५७ कृषकले व्यावसायिक रुपमा बङ्गुरपालन गर्दै आएका बङ्गुर व्यवसायी सङ्घका सल्लाहकार नरेन्द्र कन्दङ्वाले बताउनुभयो । अहिले सो सङ्ख्या घटेर ३० को हाराहारीमा पुगेको छ । स्वाइनफ्लुका कारण विस्थापित भएका कृषक पुनः पेसामा फर्किएका भए पनि त्यसपछिको भूकम्प र नाकाबन्दीले व्यवसाय गर्न नसक्ने गरी कृषक थला परेको कन्दङ्वाले बताउनुहुन्छ । पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्र गीतानगरका सञ्चालकसमेत रहनुभएका कन्दङ्वा देशकै ठूला बङ्गुरपालक कृषक हुनुहुन्छ । फार्ममा ३०० को हाराहारीमा बङ्गुर रहेका छन् भने उहाँले वार्षिक एक हजार पाठापाठी बिक्री गर्दै आउनुभएको छ ।
दानाको मूल्य बढ्नु, पाठा र मासु बिक्री नहुनुकै कारण कृषक प्रभावित भएका हुन् । नेपाली बजारमा ठूलो मात्रामा भारतीय बङ्गुरको मासु आयात गरिन्छ । नेपाली उत्पादनलाई विदेश निर्यात गर्न गुणस्तर परीक्षणको अभावका कारण सम्भव छैन । निर्यात गर्नुपर्ने मासु खोरेत, स्वाइनफ्लु, जुका मुक्त भएको राज्यले प्रमाणित गर्नुपर्ने हुन्छ ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्की भूकम्प र नाकाबन्दीका कारण सबैभन्दा ठूलो प्रभाव बङ्गुरपालनमा परेको बताउनुहुन्छ । त्यसपछि कुखुरा र गाईपालन प्रभावित भएको छ । “बङ्गुरपालक कृषकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन,” उहाँले भन्नुभयो ।
गत आवमा छ हजार ६९२ वटा पाठापाठी उत्पादन भएको थियो । जिल्लामा १० हजारको हाराहारीमा माउ बङ्गुर पालिँदै आएको छ । यहाँका पाठापाठीको बजार पश्चिम नेपालको कञ्चनपुर, दैलेखलगायतका जिल्ला हुन् । मासु स्थानीय बजार र काठमाडौँ निर्यात हुन्छ ।
यहाँको बजारमा रु चार हजारमा पाठापाठी बिक्री गरिँदै आएको छ भने जिउँदो बङ्गुरको मासु प्रतिकिलो रु १८५ मा बिक्री गरिँदै आएको छ । जिल्ला पशुसेवा कार्यालयले चालु आवमा छवटा फार्मलाई रु १४ लाख अनुदान वितरण गर्ने जनाएको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












