रोनाल्डोभन्दा मेसी राम्रो खेलाडी : पेले
काठमाडौं, ३ असोज । ब्राजिलियन महान फुटबलर पेलेले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भन्दा अर्जेन्टिनाका लिओनल मेसी राम्रो खेलाडी भएको बताएका छन् ।
त्यसो त मेस्सी र रोनाल्डोबीच उत्कृष्टताको विवाद नयाँ भने होइन। जतिबेला देखि यी दुई स्टार व्यवसायिक फुटबलमा समावेश भए उनीहरू बीच उत्कृष्टताको विवाद गहिरो बन्दै गइरहेको छ।
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीले रोनाल्डोभन्दा बढि बालोन डि’ओरको उपाधि जितेका छन् । यस्तै, क्लब फुटबलमा पनि रोनाल्डोभन्दा बढि ट्रफी उनको नाममा छ। तर, रोनाल्डो अहिले उत्कृष्ट लयमा छन् । उनले यो वर्ष रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि र देशलाई युरो–२०१६ जिताउन महत्वपूर्ण योगदान गरेका थिए। रोनाल्डोलाई आगामी वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट रोक्न लगभग असम्भव छ।
यस्तोमा विश्व फुटबलका महान खेलाडी पेले यी दुईमध्ये को उत्कृष्ट ? भन्ने विवादमा समावेश भएका छन्। र, उनले रोनाल्डोको तुलनामा मेसीलाई उत्कृष्ट ठहर गरेका छन्।
हिपको सल्यक्रियापछि ब्राजिलमा आराम गरिरहेका पेलेले भने–‘क्रिस्टियानो रोनाल्डो उत्कृष्ट गोलकर्ता हुन् । तर, मेसी राम्रो खेलाडी ।’ उनले विगत १०–१५ को अवधिमा उत्कृष्ट खेलाडीको सूचीमा थुप्रै खेलाडी परेको तर त्यसमा लगातार राम्रो खेलिरहेको खेलाडी मेसी भएको बताए। ‘कुनै दुविधा बिना भन्नु पर्दा मेसीको खेलमा सधै एकरुपता देखिन्छ,’ पेलेले भने। उनले मेसी समग्र रुपमा पूर्ण खेलाडी भएको बताए । एजेन्सी
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...














