रोनाल्डोभन्दा मेसी राम्रो खेलाडी : पेले
काठमाडौं, ३ असोज । ब्राजिलियन महान फुटबलर पेलेले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भन्दा अर्जेन्टिनाका लिओनल मेसी राम्रो खेलाडी भएको बताएका छन् ।
त्यसो त मेस्सी र रोनाल्डोबीच उत्कृष्टताको विवाद नयाँ भने होइन। जतिबेला देखि यी दुई स्टार व्यवसायिक फुटबलमा समावेश भए उनीहरू बीच उत्कृष्टताको विवाद गहिरो बन्दै गइरहेको छ।
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीले रोनाल्डोभन्दा बढि बालोन डि’ओरको उपाधि जितेका छन् । यस्तै, क्लब फुटबलमा पनि रोनाल्डोभन्दा बढि ट्रफी उनको नाममा छ। तर, रोनाल्डो अहिले उत्कृष्ट लयमा छन् । उनले यो वर्ष रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि र देशलाई युरो–२०१६ जिताउन महत्वपूर्ण योगदान गरेका थिए। रोनाल्डोलाई आगामी वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट रोक्न लगभग असम्भव छ।
यस्तोमा विश्व फुटबलका महान खेलाडी पेले यी दुईमध्ये को उत्कृष्ट ? भन्ने विवादमा समावेश भएका छन्। र, उनले रोनाल्डोको तुलनामा मेसीलाई उत्कृष्ट ठहर गरेका छन्।
हिपको सल्यक्रियापछि ब्राजिलमा आराम गरिरहेका पेलेले भने–‘क्रिस्टियानो रोनाल्डो उत्कृष्ट गोलकर्ता हुन् । तर, मेसी राम्रो खेलाडी ।’ उनले विगत १०–१५ को अवधिमा उत्कृष्ट खेलाडीको सूचीमा थुप्रै खेलाडी परेको तर त्यसमा लगातार राम्रो खेलिरहेको खेलाडी मेसी भएको बताए। ‘कुनै दुविधा बिना भन्नु पर्दा मेसीको खेलमा सधै एकरुपता देखिन्छ,’ पेलेले भने। उनले मेसी समग्र रुपमा पूर्ण खेलाडी भएको बताए । एजेन्सी
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...














