वर्डलिंक २१ औं वर्षमा प्रवेश, २१ रुपैयाँमा इन्टरनेट जडानको अफर
काठमाडौं, ३ असोज । वल्र्डलिंक कम्युनिकेसन्सले २१ औं बर्ष प्रवेशको अबसरमा विविध कार्यक्रम गरी मनाएको छ ।
बार्षिकोत्सबका अबसरमा कम्पनीले आइतबार जाउलाखेलमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा दुई सय जनाले रक्तदान गरेका छन्।
त्यस्तै विभिन्न स्थानमा रहेका अपांगता भएका ब्यक्तिलाई खानेकुरा वितरण गर्ने जालानले जानकारी दिए। कम्पनीले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा वाइफाइ हटस्पट स्थापना गर्ने निर्णय गरेको छ । कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा काम लिएर आउने सेवाग्राहीले उक्त हटस्पटबाट निशुल्क वाइफाइ प्रयोग गर्न पाउने बताए।
कम्पनीले २१ रुपैयाँमै इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानले २१ रुपैयाँमा पाँच एमबिपिएस गतिको इन्टरनेट जडान गरिदिने घोषणा गरे। उनले यो शुल्कमा वल्र्डलिंकले ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल ‘आइपी’ टिभी सेटअप बक्स दिने जानकारी दिए ।
त्यस्तै एक बर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले तीन महिनासम्म आइपी टिभी निशुल्क हेर्न पाउने जानकारी समेत दिए। वाइफाइ राउटर लिन चाहने ग्राहकले भने तीन हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ। इन्टरनेट सेवा छोड्दा उक्त धरौटी कम्पनीले फिर्ता गर्ने जानकारी पनि कम्पनीले दिएको छ।
आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ प्रविधि हो। यस प्रविधिबाट ग्राहकले इन्टरनेट फाइबरकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता पुरानो कार्यक्रमसमेत हेर्न सक्ने जालानले जानकारी दिए।
‘आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ, उनले भने, यसमा टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर हुने भएकाले स्पष्ट र सफा टिभी हेरेको अनुभूति गर्न सकिने उनले जानकारी दिए।’
वल्डलिंकले नेट टिभी ब्राण्डमा आइपी टिभी प्रसारण सुरु गरेको हो। यसमा आफ्नो फूर्सदको समयमा मन लागेको च्यानलमा, मन लागेको कार्यक्रम हेर्न सकिन्छ। लोडसेडिङ वा जस्तोसुकै मौसममा पनि पिक्चरको गुणस्तर उच्चस्तरीय रहिरहन्छ। वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । नयाँ सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको हो।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...













