वर्डलिंक २१ औं वर्षमा प्रवेश, २१ रुपैयाँमा इन्टरनेट जडानको अफर
काठमाडौं, ३ असोज । वल्र्डलिंक कम्युनिकेसन्सले २१ औं बर्ष प्रवेशको अबसरमा विविध कार्यक्रम गरी मनाएको छ ।
बार्षिकोत्सबका अबसरमा कम्पनीले आइतबार जाउलाखेलमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा दुई सय जनाले रक्तदान गरेका छन्।
त्यस्तै विभिन्न स्थानमा रहेका अपांगता भएका ब्यक्तिलाई खानेकुरा वितरण गर्ने जालानले जानकारी दिए। कम्पनीले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा वाइफाइ हटस्पट स्थापना गर्ने निर्णय गरेको छ । कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा काम लिएर आउने सेवाग्राहीले उक्त हटस्पटबाट निशुल्क वाइफाइ प्रयोग गर्न पाउने बताए।
कम्पनीले २१ रुपैयाँमै इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानले २१ रुपैयाँमा पाँच एमबिपिएस गतिको इन्टरनेट जडान गरिदिने घोषणा गरे। उनले यो शुल्कमा वल्र्डलिंकले ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल ‘आइपी’ टिभी सेटअप बक्स दिने जानकारी दिए ।
त्यस्तै एक बर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले तीन महिनासम्म आइपी टिभी निशुल्क हेर्न पाउने जानकारी समेत दिए। वाइफाइ राउटर लिन चाहने ग्राहकले भने तीन हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ। इन्टरनेट सेवा छोड्दा उक्त धरौटी कम्पनीले फिर्ता गर्ने जानकारी पनि कम्पनीले दिएको छ।
आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ प्रविधि हो। यस प्रविधिबाट ग्राहकले इन्टरनेट फाइबरकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता पुरानो कार्यक्रमसमेत हेर्न सक्ने जालानले जानकारी दिए।
‘आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ, उनले भने, यसमा टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर हुने भएकाले स्पष्ट र सफा टिभी हेरेको अनुभूति गर्न सकिने उनले जानकारी दिए।’
वल्डलिंकले नेट टिभी ब्राण्डमा आइपी टिभी प्रसारण सुरु गरेको हो। यसमा आफ्नो फूर्सदको समयमा मन लागेको च्यानलमा, मन लागेको कार्यक्रम हेर्न सकिन्छ। लोडसेडिङ वा जस्तोसुकै मौसममा पनि पिक्चरको गुणस्तर उच्चस्तरीय रहिरहन्छ। वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । नयाँ सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको हो।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...













