क्रेजी लभ : सुटिङ छोडेर विराटको खेल हेर्न जाँदै अनुष्का
कानपुर, ५ असोज । भारतीय टेस्ट कप्तान विराट कोहलीको प्रेम सम्बन्धको विषयमा सायदै कोही बेखबर होलान । उनको बलिउड अभिनेत्री प्रेमिका अनुष्का शर्मा आफ्नो आगामी चलचित्रको सुटिङ छोडेर विहिबारदेखि सुरु हुने भारत–न्युजिल्यान्ड पहिलो टेस्ट हेर्न कानपुर पुग्ने सम्भावना प्रबल रहेको छ। कहिले विछोड त कहिले संयोगको कुराले मिडियामा खबर आर्यरहेको हुन्छ ।
भारतले कोहलीको कप्तानीमा कानपुरको ग्रीनपार्कमा ५ सय टेस्ट खेल्दैछ। यसका लागि भारतीय क्रिकेट बोर्ड ‘बिसीसीआई’ले थुप्रै भिभिआइपी गेष्टलाई बोलाएको छ। जसमा अनुष्का पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर, कानपुर प्रहरीले भने भिभिआइपीको लिस्टमा अनुष्काको नाम छ कि छैन भन्ने विषयमा केही बताएको छैन्। श्रोतका अनुसार आफ्नो प्रेमीलाई हौसला प्रदान गर्न आफ्ना केही महिला मित्रलाई लिएर अनुश्का ग्रीनपार्क पुग्ने कार्यक्रम रहेको छ।
यस विषयमा उत्तर प्रदेशको क्रिकेट संघका निर्देशक राजीव शुक्लाले ठाटो उत्तर दिएका छन्। उनले कुनै खेलाडीको मित्र अथवा श्रीमति क्रिकेट हेर्न आइरहेको छन भने आफूलाई जानकारी हुने विषय नभएको बताएका छन्। ‘अनुश्का विराटको उत्साह बढाउन आइरहेकी छिन भने उनीहरूको व्यक्तिगत कुरा हो। उत्साह बढाउन जो पनि रंगशालामा आउन सक्छन्,’ शुक्लाले भने।
कानपुर पुलिसका एसएसपी शलभ माथुरले आफूहरूलाई यस विषयमा कुनै जानकारी नभएको बताए। ‘कोही व्यक्तिगत रूपमा क्रिकेट खेल्न आउछन भने हामीलाई जानकारी हुने विषय भएन। अनुश्काले सुरक्षा माग गर्छिन भने कानपुर प्रहरी उनलाई सुरक्षा दिन तयार छ,’ एसएसपी माथुरले भने।
यस विषयमा भारतीय टिम बसोबास गर्ने होटलका व्यवस्थापक विकास मेहरोत्रालाई पत्रकारहरूले सोधपुछ गरेका थिए। उनले अनुष्का कै लागि भनेर कोठा बुक नभएको तर उत्तर प्रदेश क्रिकेट संघले होटलको १० वटा कोठा रिजर्व गरेको बताएका छन्।एजेन्सी कोसहयोगमा न्युज-नेपाल
Comments
अरु समाचार
-
आगामी चैत २२ देखि उदयदेव प्रिमियर लिग हुँदै
काठमाडौं । दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग आगामी चैत २२ गतेदेखि सञ्चालन हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबले...
-
प्रधानमन्त्री कपको तयारी पूरा, आजदेखि तीन मैदानमा खेल सुरु
काठमाडौं । लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा आजदेखि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताका सबै तयारी...
-
संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह
काठमाण्डाै ।पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...
-
चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने
काठमाडौं । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफनो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको...
-
अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी–२०२५ मा भारत उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित...
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...
-
केपी ओली कप: उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मीको भिडन्त
काठमाण्डौ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्...
-
आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र...