क्रेजी लभ : सुटिङ छोडेर विराटको खेल हेर्न जाँदै अनुष्का
कानपुर, ५ असोज । भारतीय टेस्ट कप्तान विराट कोहलीको प्रेम सम्बन्धको विषयमा सायदै कोही बेखबर होलान । उनको बलिउड अभिनेत्री प्रेमिका अनुष्का शर्मा आफ्नो आगामी चलचित्रको सुटिङ छोडेर विहिबारदेखि सुरु हुने भारत–न्युजिल्यान्ड पहिलो टेस्ट हेर्न कानपुर पुग्ने सम्भावना प्रबल रहेको छ। कहिले विछोड त कहिले संयोगको कुराले मिडियामा खबर आर्यरहेको हुन्छ ।
भारतले कोहलीको कप्तानीमा कानपुरको ग्रीनपार्कमा ५ सय टेस्ट खेल्दैछ। यसका लागि भारतीय क्रिकेट बोर्ड ‘बिसीसीआई’ले थुप्रै भिभिआइपी गेष्टलाई बोलाएको छ। जसमा अनुष्का पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर, कानपुर प्रहरीले भने भिभिआइपीको लिस्टमा अनुष्काको नाम छ कि छैन भन्ने विषयमा केही बताएको छैन्। श्रोतका अनुसार आफ्नो प्रेमीलाई हौसला प्रदान गर्न आफ्ना केही महिला मित्रलाई लिएर अनुश्का ग्रीनपार्क पुग्ने कार्यक्रम रहेको छ।
यस विषयमा उत्तर प्रदेशको क्रिकेट संघका निर्देशक राजीव शुक्लाले ठाटो उत्तर दिएका छन्। उनले कुनै खेलाडीको मित्र अथवा श्रीमति क्रिकेट हेर्न आइरहेको छन भने आफूलाई जानकारी हुने विषय नभएको बताएका छन्। ‘अनुश्का विराटको उत्साह बढाउन आइरहेकी छिन भने उनीहरूको व्यक्तिगत कुरा हो। उत्साह बढाउन जो पनि रंगशालामा आउन सक्छन्,’ शुक्लाले भने।
कानपुर पुलिसका एसएसपी शलभ माथुरले आफूहरूलाई यस विषयमा कुनै जानकारी नभएको बताए। ‘कोही व्यक्तिगत रूपमा क्रिकेट खेल्न आउछन भने हामीलाई जानकारी हुने विषय भएन। अनुश्काले सुरक्षा माग गर्छिन भने कानपुर प्रहरी उनलाई सुरक्षा दिन तयार छ,’ एसएसपी माथुरले भने।
यस विषयमा भारतीय टिम बसोबास गर्ने होटलका व्यवस्थापक विकास मेहरोत्रालाई पत्रकारहरूले सोधपुछ गरेका थिए। उनले अनुष्का कै लागि भनेर कोठा बुक नभएको तर उत्तर प्रदेश क्रिकेट संघले होटलको १० वटा कोठा रिजर्व गरेको बताएका छन्।एजेन्सी कोसहयोगमा न्युज-नेपाल
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...












