अनुदारवादी अन्तरराष्ट्रिय समुदाय
वार्सा, १३ असोज । सोभियत शक्तिको उदयको पहिलो दशकमा जब स्टालिनले ‘एक देशमा समाजबाद’ भन्ने अवधारणा अगाडि सारे त्यसबेला उनले परिस्थिति अनुकुल नभएसम्म कम्तिमा सोभियत सङ्घ एक दह्रो समाजवादी राष्ट्रको रुपमा रहनुपर्छ भन्ने भावना राख्दथे । जब हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आफ्नो राष्ट्रलाई ‘अनुदार प्रजातन्त्र’को रुपमा विकास गर्ने भन्ने घोषणा २०१४ को जुलाई महिनामा गरे, उनले पनि आफ्नो देश ‘एक अनुदारवादी’ राष्ट्रको रुपमा विकास गर्न चाहेको अनुमान अधिकांश व्यक्तिले लगाए । हाल अर्बन र पोल्याण्डको सत्ताधारी ल एण्ड जस्टिस पार्टीका नेता जारोस्ल काज्यिन्स्कीले यूरोपियन यूनियनलाई अनुदार आयोजनाको रुपमा विकास गर्ने प्रतिक्रान्तिकारी कार्य गर्ने घोषणा गरेका छन् ।
अर्बनलाई वर्ष पुरुषका रुपमा घोषणा गरेको यस वर्षको क्रिनिका सम्मेलनको रमाइलो र हार्दिकतापछि काज्यिन्स्की र अर्बनले १०० मिलियन यूरोपियनलाई थप धार्मिक वा राष्ट्रवादी बाटोमा लाग्न उत्प्रेरित गर्ने घोषणा गरे । यसपूर्व नै अभिनन्दित भ्याक्लाभ हावेलदेखि पूर्वयुक्रेनियन प्रधानमन्त्री यूलिया ट्योमोसेन्को पनि अनुदारबादका पोप भ्लादिमिर पुटिनलाई आदर्श व्यक्ति ठान्ने काज्यिन्स्की र अर्बनको उदयले पक्कै दुःखी हुने थिए होलान् ।
यी दुइको उद्देश्य पनि बेलायतको युरोपियन युनियनबाट बहिर्गमनबाट सिर्जिएको मौकालाई छोप्नु हो, जसले आजको युरोपियन युनियनमा अनुदार प्रजातन्त्रवादीहरुको झुट र हिलो छ्याप्ने प्रवृतिलाई पुरस्कृत गरिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । यस्ता खाले व्यक्तिको मिलनबाट खारिने सीप धेरैजसो यूरोपियनले अनुमान गरेभन्दा धेरै घातक हुनसक्छ ।
अर्बानले यथास्थितिवादी शक्तिको पक्षमा लहरको सिर्जनो ल्याउँछन् भन्ने प्रष्ट छ । उनले आफ्नो राजनैतिक दल फिडेस्जलाई युरोपियन पिपुल्स पार्टीको नजिक पु¥याएका छन्, जसले उनलाई राजनीतिको मूलप्रवाहमा राखेको छ जसलाई नीज (अर्बान)को अनुदार शासनशैलीका बाबजुद जर्मन चान्सलर एञ्जेला मर्केल संरक्षणप्राप्त हुने बनाएको छ । तथापि काज्यिन्स्किले आफ्नो दललाई भने जर्मनी र इयू कमिसनसँग अक्सर झगडा गर्ने सीमान्तकृत एलायन्स अफ यूरोपियन कन्जर्भेटिभ एण्ड रिफर्मिस्टसँग नजिक पु्¥याएका छन् ।
आफ्ना पोलिस सहयोगीभन्दा अर्बान अर्कोकुरामा फरक छन् त्यो हो पोल्याण्डका पूर्वप्रधानमन्त्री एवम् अहिलेका यूरोपियन परिषद्का अध्यक्ष डोनाल्ड टस्कजस्तो उनी राजनितिक परिघटनालाई अत्यन्त नजिकबाट नियालिरहेका छन् । यसको विपरित काज्यिन्स्की भने एकान्तप्रिय सन्यासीजस्ता छन् । काज्यिन्स्की साँझमा टिभिमा रोडियो हेरेर बस्छन्, जबकी उनका समर्थक उनलाई पोल्याण्डको पुनःजन्म गराउन सक्ने मसिहाका रुपमा हेर्छन् ।
यही रहस्यमयी छविले काज्यिन्स्कीलाई अवसरवादी अर्बानसँग सहकार्यका लागि नजिक पु¥्याएको छ । पोल्याण्डको सृष्टि नै ईश्वरले विशेष उद्देश्य हासिल गर्न गरेका हुन् भन्ने पुरातनवादी सोचका कारण पोल्याण्ड धेरै दुखद् इतिहासको साक्षी बन्न पुगेको छ । बढ्दो हिंसा, युद्ध, विग्रह यस्ता कुरा हुन जसको बारेमा हरेक पोलिस नागरिकले दिनदिनै जसो सोच्नुपर्ने विषय बनेका छन् ।
मेसियानिक पहिचानले एउटा निश्चित किसिमको नेताको पृष्ठपोषण गर्दछ, जो पुटिनजस्तै एउटा उद्देश्य हासिल गर्न जन्मिएको ठान्ने गर्छ । पुटिनको सन्दर्भमा यस्तो विशेष उद्देश्य जारहरुले घोषणा गरेको जस्तो कट्टरपन्थ, निरङ्कुशता र राष्ट्रियता देखिएको छ । यसरी हेर्दा अर्बान मानवद्वेषी छन् भने काज्यिन्स्की मतान्ध जसलाई व्यवहारिकता एक खालको कमजोरीजस्तो लाग्छ । अर्बान आफ्नो हित बिपरित हुनेगरी कुनै कदम चाल्दैनन् भने काज्यिन्स्कीले भने धेरै पटक यसो गरेका छन् । आफ्नै संयुक्त सरकारका सदस्यका विरुद्ध बोल्दा सन् २००७ मा काज्यिन्स्की आफुले दुई वर्ष पहिले मात्र चुनाव जिति बनाएको सरकारबाट बाहिरिनु प¥यो । यस्तो लाग्छ उनका कुनै योजना नै छैनन् । बरु सपना छन्, पोल्याण्डलाई आर्थिक सुधार र आर्थिक पुनः संरचना गर्ने भन्दा पनि यसलाई नयाँ खालको पोल्याण्डको रुपमा स्थापित गर्ने ।
अर्कोतिर अर्बानलाई त्यस्तो केही चासो छैन । उनी नयाँ ढाँचाको हङ्गेरी बनाउन चाहँदैनन्, बरु पुटिन जस्तो जीवनभर सत्तामा रहन चाहन्छन् । नब्बेको दशकमा उदार छवि बनाइ हंगेरीलाई नेटो र इयूको सदस्यता लिने बनाएका उनी अहिले अनुदारबादलाई जीवनपर्यन्त सत्तासीन रहने माध्यमको रुपमा अगाँलीरहेका छन् ।
काज्यिन्स्कीको अनुदारवाद आत्मासँग सम्बन्धित छ । आफ्नो कित्ताभन्दा बाहिरकालाई उनी ‘बिग्रेका पोलिस’ भन्छन् । होमो– काज्यिन्स्की समूह राष्ट्रको नियतिसँग आफ्नो नियति जोडिएको ठान्छन् अनि विरोधी र आलोचक, खासगरी विदेशीप्रति कडा रुख अपनाउँछन् । उनीहरुका नजरमा गे र लेस्बियन पोलिस हुन सक्दैनन् । पोल्याण्डमा रहेका सबै फरक मत्तधारी तत्व उनीहरुका नजरमा खतरा हुन् । ल एण्ड जस्टिस पार्टिको सरकारले इयु समक्ष गरेको प्रतिवद्धता बमोजिमको सङ्ख्या हेर्ने हो भने शरणार्थीमध्येको सानो सङ्ख्या पनि स्वीकारेको छैन भन्न सकिन्छ । ४० मिलियन जनसङ्ख्या भएको देशले मात्र ७५०० मात्रलाई आश्रय दिएको छ ।
फरकफरक स्वार्थबाट प्रेरित भएर अनुदारबादलाई अङ्गालेका भएपनि व्यवहारमा काज्यिन्स्की र अर्बान दुवै नयाँ राष्ट्रिय संस्कार विकार गर्न सहमत देखिन्छन् । राज्यद्वारा सञ्चालित मिडिया जनमुखीभन्दा पनि ‘राष्ट्रिय’ भावबाट प्रेरित बन्नुपरेको छ । अफिसमा सिभिल सर्भिसका परीक्षा हटाइ बफादार पार्टी कार्यकर्तालाई धमाधम भर्ना गरिँदैछ । शिक्षा प्रणालीलाई गौरवमय पहिचान र दुःखद अतितबारे बिचार प्रबाहित गर्ने माध्यमको रुपमा परिवर्तित गरिएको छ । राज्यको स्तुतिगान गर्ने सांस्कृतिक व्यवसायले मात्र राज्यबाट आर्थिक सहयोग वा अनुदान पाउने बनाइएको छ ।
काज्यिन्स्कीका लागि परराष्ट्र नीतिको मूल काम भनेकै ऐतिहासिक नीतिको जागरण र सम्प्रेषण गर्ने नीति हो । यहाँ भने यी दुइबीचमा फरक मत पाइन्छः अर्बानको व्यवहारबादले उनलाई यूरोपियन र अमेरिकी सहयात्रीको विरोध गर्न प्रेरित गरिरहन्छ भने काज्यिन्स्की भने भूराजनैतिक गठजोडमा त्यति चाख राख्दैनन् । आखिर एउटा मसिहाले आफ्ना बिचारलाई काँटछाट गर्दैन, बरु आफुले बोकेको सत्यको वकालत गरिरहन्छ ।
यसरी, काज्यिन्स्कीको परराष्ट्र नीति आफुलाई उपेक्षित गरिएको थियो भन्ने पूर्वाग्रह प्रेरित नीति हो । पोल्याण्डलाई बिगतमा पश्चिमाहरुले धोखा दिएका थिए । यसको अहिलेको सामथ्र्य भनेको गर्व, स्वाभिमान्, आत्म सम्मान र साहसबाट आर्जित सामथ्र्य हो । यसका हारहरु नैतिक विजयका आधारहरु हुन् जसले क्राइस्टको पुनरागमन जस्तै यूरोपको नक्सामा १२३ वर्ष पछिको पुनरागमन सम्भव गराउनेछन् ।
अहिलेको यूरोपको प्रश्न भनेको मेसियानिक र अवसारवादी लोकप्रियताबादको सहवास मूलप्रवाह बनेर यूनियनका अन्य राष्ट्रमा पनि पैmलिएला वा मध्य यूरोपमा नै सीमित रहला भन्ने हो । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीले सन् २०१७ मा सत्तामा पुनःआरोहण हुन काज्यिन्स्की वा अर्बान धूरीको प्रतिनिधित्व गर्ने जस्तै लाग्ने केही भाषा प्रयोग गर्न थालिसकेका छन् र जोनसन ले उनीहरुको तरीका अनुसरण गरिसकेका छन् । हेरौं अरु कोही पनि आउँदैछन् की । (प्रोजेक्ट सिन्डिकेट, अनुवादःदिलीप शर्मा) (क्रिट्याइका पोलिट्ज्ना अभियानका संस्थापक स्लावमिर सिएराकोस्की इन्स्टिच्यूट फर एड्भान्स स्टडी इन वार्साका निर्देशक हुनुहुन्छ ।)
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













