मोबाइल एक्स्पो तिहारसम्म जारी रहने
काठमाडौं, १६ असोज । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ ग्यालेक्सी जेटु ६ मोबाइल एक्स्पो तिहारसम्म हुने भएको छ ।
असोज ७ गतेबाट जारी एक्स्पो अन्तर्गत शनिबार सिटिसीमलमा प्रबेशसँगै मोबाइल एशोसरिज पाइने ब्यबस्था गरिएको छ । यसैगरि सामसुङ ग्यालेक्सी जेटु ६ को खरिदमा १ हजार रुपैयाँसम्म रिचार्जकार्ड पाइने ब्यबस्था गरिएको छ ।
मोबाइल खरिदसँगै लक्की ड्र मा समाबेश गर्न पाइनुका साथै क्यासब्याक अफर समेत राखिएको छ । एक्स्पोको प्रबेश सँगै लक्की ड्रमा भाग लिन पाउने र बिजेताहरुलाई स्मार्टफोन प्रदान गरिने छ । यसैगरि एक्स्पोमा मोबाइल खरिद गर्ने मध्यबाट लक्की ड्रमार्फत १ जनालाई मोटरसाइकल, टेलिभिजन, रेफ्रिजेरेटर लगायत दर्जनौं उपहार प्रदान गरिने सिटिसी मोबाइल बजारका कोषाध्यक्ष मनोज सायमीले जानकारी दिनुभयो ।
असोज १५ गतेसम्म एक्स्पोमा १ लाख ३० हजार अबलोकनकर्ता आइसकेको बताउँदै सिटिसी मोबाइल बजारका अध्यक्ष संदिपमान श्रेष्ठले एक्स्पेमा आउने अवलोकन कर्ताले अतिरिक्त मनोरञ्जन पाउने बताउनुभयो । मोबाइल एक्स्पोका बिभिन्न अफरहरुलाइ छठ पर्बसम्म पाउने ब्यबस्था गरिएको छ ।
एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर, तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।
मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।
एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिरहेको एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।
बजारले दिने सुबिधा बाहेक बजारमा रहेका हरेक पसलले आफ्नो तर्फबाट पनि बिशेष छुट प्रदान गरिरहेका छन् ।
सिटिभी मोबाइल तथा द वल्र्डभिजन मोबाइलले एलजीको एल ६० मोबाइलको खरिदमा अर्को त्यही मोबाइmल अफरमा दिइरहेको छ । यसैगरि नेपालमा पहिलो पटक प्रबेश गरेको युएमआइ मोबाइलले एक्स्पोमा आफ्ना ३ मोडलको बुकिङ गरिरहेको छ ।
Comments
अरु समाचार
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...













