मोबाइल एक्स्पो तिहारसम्म जारी रहने
काठमाडौं, १६ असोज । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ ग्यालेक्सी जेटु ६ मोबाइल एक्स्पो तिहारसम्म हुने भएको छ ।
असोज ७ गतेबाट जारी एक्स्पो अन्तर्गत शनिबार सिटिसीमलमा प्रबेशसँगै मोबाइल एशोसरिज पाइने ब्यबस्था गरिएको छ । यसैगरि सामसुङ ग्यालेक्सी जेटु ६ को खरिदमा १ हजार रुपैयाँसम्म रिचार्जकार्ड पाइने ब्यबस्था गरिएको छ ।
मोबाइल खरिदसँगै लक्की ड्र मा समाबेश गर्न पाइनुका साथै क्यासब्याक अफर समेत राखिएको छ । एक्स्पोको प्रबेश सँगै लक्की ड्रमा भाग लिन पाउने र बिजेताहरुलाई स्मार्टफोन प्रदान गरिने छ । यसैगरि एक्स्पोमा मोबाइल खरिद गर्ने मध्यबाट लक्की ड्रमार्फत १ जनालाई मोटरसाइकल, टेलिभिजन, रेफ्रिजेरेटर लगायत दर्जनौं उपहार प्रदान गरिने सिटिसी मोबाइल बजारका कोषाध्यक्ष मनोज सायमीले जानकारी दिनुभयो ।
असोज १५ गतेसम्म एक्स्पोमा १ लाख ३० हजार अबलोकनकर्ता आइसकेको बताउँदै सिटिसी मोबाइल बजारका अध्यक्ष संदिपमान श्रेष्ठले एक्स्पेमा आउने अवलोकन कर्ताले अतिरिक्त मनोरञ्जन पाउने बताउनुभयो । मोबाइल एक्स्पोका बिभिन्न अफरहरुलाइ छठ पर्बसम्म पाउने ब्यबस्था गरिएको छ ।
एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर, तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।
मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।
एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिरहेको एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।
बजारले दिने सुबिधा बाहेक बजारमा रहेका हरेक पसलले आफ्नो तर्फबाट पनि बिशेष छुट प्रदान गरिरहेका छन् ।
सिटिभी मोबाइल तथा द वल्र्डभिजन मोबाइलले एलजीको एल ६० मोबाइलको खरिदमा अर्को त्यही मोबाइmल अफरमा दिइरहेको छ । यसैगरि नेपालमा पहिलो पटक प्रबेश गरेको युएमआइ मोबाइलले एक्स्पोमा आफ्ना ३ मोडलको बुकिङ गरिरहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...













