बैद्यनाथ बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि’को उपाधि
काठमाडौं, १७ असोज । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित प्रथम हुन सफल सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ बाहिनी अत्तरिया कैलालीलाई असोज ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो रनिङ ट्रफि–२०७३’ प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असोज ११ गतेबाट संचालन भएको सो प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ५ कास्यसहित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली सुनसरी दोश्रो तथा ३ स्वर्ण, २ रजत र १ कास्यसहित मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहिनी सुर्खेत तेस्रो भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले आइतबार प्रतियोगिताको बिजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले सो अवसरमा संगठनले आफ्नो क्षमताभित्र रहेर खेलकुदलाई अगाडि बढाई रहेको बताउनुहुँदै खेलकुदले आपसी भाईचारमा अभिबृद्धि गराउने उल्लेख गरे ।
उनेले जहाँ नियमित खेलकुद हुन्छ र रंगशाला बन्छ, त्यहाँ धेरै अस्पतालको जरुरत हुँदैन भन्नुहुँदै सवैले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन केही न केही खेलकुदलाई आफ्नो अभ्यासको साधन बनाउनु पर्ने र यसबाट सकारात्मक सोचको विकास हुने बताए ।
आफ्नो खेलकुद जीवनको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले सशस्त्र प्रहरी बलका खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन र मेहनतका लागि प्रेरित समेत गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले खेल सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले सो प्रतियोगितामा विभिन्न विधाका खेलतर्फ गरी ४८ जना महिला खेलाडीसहित कूल २ सय ८५ जना खेलाडीहरुले सहभागिता जनाएको जानकारी गराए ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा फुटबल, भलिबल लगाएत एथ्लेटिक्सका खेलहरु समावेश गरिएका थिए । सो प्रतियोगितामा सशस्त्र प्रहरी बल महानगरीय सशस्त्र प्रहरी कार्यालय, बराह बाहिनी, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनी गरी कूल ६ टिमको सहभागिता रहेको थियो ।
बिजयी खेलाडीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र जितबहादुर पुन लगाएत फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, भलिबल संघका उपाध्यक्ष निरज मास्केले समेत पुरस्कार प्रदान गरेका थिए ।
समारोहमा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत लगाएत एपीएफ अधिकृत जवान एवं विभिन्न खेलकुद संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












