प्रमुख प्रतिपक्ष एमालेसहित ९ दलको बैठक जारी
काठमाडौं, २४ पुस । सरकारले संविधान संशोधन बिद्येयकलाई अघि बढाउने तयारी गरिरहेका बेला त्यसलाई रोक्न आवश्यक रणनीति बनाउने भन्दै प्रमुख प्रतिपक्ष एमालेसहित ९ दलको बैठक आज बस्दैछ ।
सभामुखले सहमतिका लागि दिएको पछिल्लो ६ दिनको समयमा पनि सत्तारुढ दलहरुले संवादको पहल नगरेको भन्दै बिपक्षी दलहरुले सत्तारुढ दलहरुलाई दवाव दिन थप रणनीति तय गर्न लागेका हुन ।
सिहदरवारस्थित एमालेको संसदीय दलको कार्यालयका केहीबेरमा बस्ने ९ दलीय गठबन्धनको बैठकले संविधान संशोधन बिद्येयकलाई टेवल गर्न दिने वा नदिनेवारे निर्णय गर्ने बताइएको छ । सर्वोच्च अदालतको आदेशपछि संसदको अवरोध खुलाउनेवारे केही लचक देखिएको एमालेले पछिल्लो ६ दिनमा सहमतिका लागि सरकारले कुनै पहल नगरेको भन्दै थप कठोर हुने संकेत गरेको छ ।
सो पार्टीको हिजो बसेको स्थायी समिति बैठकमा संशोधन बिद्येयक अघि बढाउन नदिने बिषयमा छलफल भएको थियो । एमाले प्रमुख सेचतक भानुभक्त ढकालले सत्तारुढ दलले बिपक्षीलाई पेलेर जान खोजेकाले त्यसको सामना गर्न आफुहरु पनि कठोर रुपमा अघि बढ्ने बताउनुभयो । उहाँले संसद स्थगित भएपछिदेखी अहिलेसम्म सत्तापक्षले एक पटक पनि संवाद गर्न रुची नदेखाउनुले सरकारले सहमति गर्न नचाहेको स्पष्ट भएको टिप्पणी गर्नुभयो ।
स्रोतका अनुसार बिपक्षी दलहरुको बैठकले संसदको अवरोधलाई जारी राख्ने बिषयमा निर्णय लिन सक्नेछ । बिपक्षी दलहरुसंगको छलफलपछि एमालेले मध्यान्ह १२ बजे संसदीय दलको बैठक बोलाएको छ । यसैबीच सहमतिका लागि भन्दै स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक आजका लागि बोलाइएको छ । सभामुखले दिएको ६ दिनमा दलहरुबीच सहमति जुट्न नसकेकाले बिपक्षी दलको निर्णयमै आजको संसद बैठक भर पर्ने देखिएको छ ।
बिपक्षी दलहरुले संंसद बैठक संचालन हुन नदिने बिषयमा छलफल गर्न लागेकाले आजको बैठक पनि स्थगित हुने सम्भावना रहेको बताइएको छ । सत्तारुढ दलले आजको बैठकमा संशोधन बिद्येयक पेश गर्ने तयारी गरेपनि बिपक्षी दलको सहमति बिना सम्भव नहुने देखिएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












