प्रमुख प्रतिपक्ष एमालेसहित ९ दलको बैठक जारी
काठमाडौं, २४ पुस । सरकारले संविधान संशोधन बिद्येयकलाई अघि बढाउने तयारी गरिरहेका बेला त्यसलाई रोक्न आवश्यक रणनीति बनाउने भन्दै प्रमुख प्रतिपक्ष एमालेसहित ९ दलको बैठक आज बस्दैछ ।
सभामुखले सहमतिका लागि दिएको पछिल्लो ६ दिनको समयमा पनि सत्तारुढ दलहरुले संवादको पहल नगरेको भन्दै बिपक्षी दलहरुले सत्तारुढ दलहरुलाई दवाव दिन थप रणनीति तय गर्न लागेका हुन ।
सिहदरवारस्थित एमालेको संसदीय दलको कार्यालयका केहीबेरमा बस्ने ९ दलीय गठबन्धनको बैठकले संविधान संशोधन बिद्येयकलाई टेवल गर्न दिने वा नदिनेवारे निर्णय गर्ने बताइएको छ । सर्वोच्च अदालतको आदेशपछि संसदको अवरोध खुलाउनेवारे केही लचक देखिएको एमालेले पछिल्लो ६ दिनमा सहमतिका लागि सरकारले कुनै पहल नगरेको भन्दै थप कठोर हुने संकेत गरेको छ ।
सो पार्टीको हिजो बसेको स्थायी समिति बैठकमा संशोधन बिद्येयक अघि बढाउन नदिने बिषयमा छलफल भएको थियो । एमाले प्रमुख सेचतक भानुभक्त ढकालले सत्तारुढ दलले बिपक्षीलाई पेलेर जान खोजेकाले त्यसको सामना गर्न आफुहरु पनि कठोर रुपमा अघि बढ्ने बताउनुभयो । उहाँले संसद स्थगित भएपछिदेखी अहिलेसम्म सत्तापक्षले एक पटक पनि संवाद गर्न रुची नदेखाउनुले सरकारले सहमति गर्न नचाहेको स्पष्ट भएको टिप्पणी गर्नुभयो ।
स्रोतका अनुसार बिपक्षी दलहरुको बैठकले संसदको अवरोधलाई जारी राख्ने बिषयमा निर्णय लिन सक्नेछ । बिपक्षी दलहरुसंगको छलफलपछि एमालेले मध्यान्ह १२ बजे संसदीय दलको बैठक बोलाएको छ । यसैबीच सहमतिका लागि भन्दै स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक आजका लागि बोलाइएको छ । सभामुखले दिएको ६ दिनमा दलहरुबीच सहमति जुट्न नसकेकाले बिपक्षी दलको निर्णयमै आजको संसद बैठक भर पर्ने देखिएको छ ।
बिपक्षी दलहरुले संंसद बैठक संचालन हुन नदिने बिषयमा छलफल गर्न लागेकाले आजको बैठक पनि स्थगित हुने सम्भावना रहेको बताइएको छ । सत्तारुढ दलले आजको बैठकमा संशोधन बिद्येयक पेश गर्ने तयारी गरेपनि बिपक्षी दलको सहमति बिना सम्भव नहुने देखिएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












