पर्यटकीय क्षेत्र मणिका धामको प्रचारप्रसार गर्न महारुद्री महायज्ञ

कञ्चनपुर, २४ पुस । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको चुरे क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मणिका धामको प्रचारप्रसारका लागि महारुद्री महायज्ञको आयोजना गरिएको छ ।
वैजनाथ धर्म सनातन संरक्षण समितिको आयोजनामा वैजनाथ मन्दिर मणिका धाममा महायज्ञको आयोजना गरिएको हो । महायज्ञको पहिलो दिन आज कलश यात्राको आयोजना गरी महायज्ञको समुद्घाटन गरिएको महायज्ञ आयोजक समितिका गगनराज भट्टले बताउनुभयो । उहाँका अनुसार महायज्ञमा दैनिक नित्य पूजा, ह्वन, प्रवचन, भजनकीर्तन र आरतीलगायतका कार्यक्रम गरिने छन् ।
महायज्ञको अन्तिम दिन पुस २८ गते पूर्ण आहुति, तिलकप्रसाद वितरण गरी साधु तथा ब्राह्मणका लागि भण्डारा लगाई समापन गरिने छ ।
पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको मणिका धामको चारैतिर हरियो सालको वनले घेरिएको क्षेत्रको अवलोकन गर्ने र तराईको दृश्यावलोकन गर्नका लागि आन्तरिक पर्यटक यस क्षेत्रमा आउने गर्दछन् ।
पूर्व–पश्चिम राजमार्गभन्दा झन्डै ११ किलो मिटर उत्तर चुरेको फेँदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सार्नेहरुको आश्रयस्थलका रुपमा रहेको थियो । पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक क्षेत्रका रुपमा परिचित हुन पुगेको हो । मणिका धाम क्षेत्रमा रहेका सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ ।
मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने रहेका कारण यस क्षेत्रको नाम मुडका (मणिका) धाम रहेको स्थानीयवासी बूढापाकाको भनाइ रहेको छ । थारु भाषामा मुड भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुडबाट मुडका भएको एकथरिको भनाइ रहेको छ । रासस
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












