पर्यटकीय क्षेत्र मणिका धामको प्रचारप्रसार गर्न महारुद्री महायज्ञ

कञ्चनपुर, २४ पुस । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको चुरे क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मणिका धामको प्रचारप्रसारका लागि महारुद्री महायज्ञको आयोजना गरिएको छ ।
वैजनाथ धर्म सनातन संरक्षण समितिको आयोजनामा वैजनाथ मन्दिर मणिका धाममा महायज्ञको आयोजना गरिएको हो । महायज्ञको पहिलो दिन आज कलश यात्राको आयोजना गरी महायज्ञको समुद्घाटन गरिएको महायज्ञ आयोजक समितिका गगनराज भट्टले बताउनुभयो । उहाँका अनुसार महायज्ञमा दैनिक नित्य पूजा, ह्वन, प्रवचन, भजनकीर्तन र आरतीलगायतका कार्यक्रम गरिने छन् ।
महायज्ञको अन्तिम दिन पुस २८ गते पूर्ण आहुति, तिलकप्रसाद वितरण गरी साधु तथा ब्राह्मणका लागि भण्डारा लगाई समापन गरिने छ ।
पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको मणिका धामको चारैतिर हरियो सालको वनले घेरिएको क्षेत्रको अवलोकन गर्ने र तराईको दृश्यावलोकन गर्नका लागि आन्तरिक पर्यटक यस क्षेत्रमा आउने गर्दछन् ।
पूर्व–पश्चिम राजमार्गभन्दा झन्डै ११ किलो मिटर उत्तर चुरेको फेँदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सार्नेहरुको आश्रयस्थलका रुपमा रहेको थियो । पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक क्षेत्रका रुपमा परिचित हुन पुगेको हो । मणिका धाम क्षेत्रमा रहेका सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ ।
मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने रहेका कारण यस क्षेत्रको नाम मुडका (मणिका) धाम रहेको स्थानीयवासी बूढापाकाको भनाइ रहेको छ । थारु भाषामा मुड भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुडबाट मुडका भएको एकथरिको भनाइ रहेको छ । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












