सबै क्षेत्र र तहका निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य

काठमाडौँ, २४ पुस । व्यवस्थापिका–ससद्को राज्य व्यवस्था समितिमा मतदाता नामावलीसम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ ।
बैठकमा भाग लिने अधिकांश सदस्यले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन मतदाता परिचयपत्रको व्यवस्थालाई अनिवार्य गर्ने व्यवस्था विधेयकले सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो । सबै तहका निर्वाचन र सबै निर्वाचन क्षेत्रमा मतदाता परिचयपत्र अनिवार्य गर्नुपर्ने तथा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य चैत मसान्तलाई आधार मान्ने व्यवस्था गरिनुपर्ने उहाँहरुको सल्लाह थियो ।
केही सदस्यले भने निर्वाचनलगायत राज्यका सबै निकायमा काम लाग्ने गरी राष्ट्रिय परिचयपत्र बनाउँदा उपयुक्त हुने तर्क गर्नुभएको थियो । नेपालको संविधानले सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन तहको संरचनाको व्यवस्था गरेको छ । सङ्घीय संसद्मा प्रत्यक्ष निर्वाचनबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० गरी दुई सय ७५ सदस्यको प्रतिनिधित्व हुनेछ । नेपालको संविधानमा भौगालिक प्रतिनिधित्वका हिसाबले सात प्रदेश र स्थानीय तहको सङ्ख्या सात सय १९ प्रस्ताव गरिएको छ ।
मतदाता नामावली सङ्कलन गर्दा लैङ्गिक समानताको आधारलाई विशेष ख्याल गर्नुपर्ने तथा महिलाको पाटोमा विवाह पछिको मतदाता नामावली सङ्कलनलाई सरल तुल्याउने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने बैठकमा सुझाव आएको थियो । आगामी २०७४ सालभित्र तीन तहकै निर्वाचन सक्नुपर्ने संवैधानिक व्यवस्थाअनुरुप निर्वाचन, राजनीतिक र मतदाता नामावालीसम्बन्धी विधेयक माथिको छलफललाई अब तीव्र गतिका साथ अघि बढाउने समितिले अठोट लिएको छ ।
आजको बैठकमा सांसद आनन्दप्रसाद ढुङ्गाना, रामेश्वर फुयाल, गुरु बुर्लाकोटी लगायतले मतदाता विधेयकमाथि केन्द्रित रहेर सुझाव दिनुभएको दियो ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












