बालिका समिक्षा आचार्यको स्मृतिका लागि विद्यालयले गर्नुपर्ने काम सार्वजानिक
सुर्खेत। जिल्ला शिक्षा समिति सुर्खेतले होराइजन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत बालिका समिक्षा आचार्यको मृत्य सम्बन्धी विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।
गत मंसिर २३ गते सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली एक्स्पो २०७३ को अवसरमा ¥यालीमा सहभागी हुँदा मृत्यु भएकी छात्रा समिक्षाको मृत्यु भएपछि त्यस सम्बन्धी छानविन गरी विभिन्न निर्णयहरु गरिएको हो ।
जिल्ला शिक्षा कार्यालयले गठन गरेको छानविन समितिले ¥यालीमा बालबालिकालाई सहभागी गराउनु गलत भएको निष्कर्ष निकाल्दै दिएको सुझावका आधारमा जिल्ला शिक्षा समितिले होराइजन एकेडेमीले वर्ष २०७३ लाई शोक वर्षका रुपमा मनाउनुपर्ने निर्णय गरेको छ ।
यस्तै शिक्षा समितिको निर्णय मध्ये विद्यालयले समिक्षा स्मृति अक्षय कोष स्थापना गर्ने, कोषबाट छात्रबृत्ति प्रदान गर्ने, समिक्षाका २ जना बहिनीहरुलाई निशुल्क अध्ययन गराउने, समिक्षाको स्मृतिका लागि फोटो मार्वल प्रिन्ट गरी विद्यालय हाताभित्र राख्ने निर्णय गरिएको छ । साथै विद्यालयले उक्त प्रतिबद्धताहरु कार्यान्वयन गर्न गराउनका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतसंगको समन्वयमा अभिभावकको उपस्थितिमा कार्यविधि र कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने निर्णय भएको छ ।
निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले छानविनका क्रममा पेस भएका सुझावका आधारमा निर्णयहरु भएको भन्दै सुर्खेत उद्योग बाणिज्य संघले समिक्षाको स्मृतिमा हरेक वर्ष ११ हजार एक सय ११ रुपैयाँको समिक्षा आचार्य स्मृति पुरस्कार स्थापना गरी आफ्ना सदस्यका सन्ततिहरुलाई प्रदान गर्नुपर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै समिक्षाको स्मृतिमा छात्रबृत्ति प्रदान गर्नका लागि एक लाख बराबरको अक्षयकोष स्थापना गर्नुपर्ने निर्णय पनि भएको छ । यी पुरस्कार रछात्रबृत्ति प्रदान गर्नका लागि जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिई कार्यान्वयनको सुनिश्चितता हुनेतर्फ ध्यानदिनुपर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी शाहले बताए ।
यस्तै शिक्षा समितिले राजनीतिक दलहरु, तिनका भातृ संगठनहरु, जिल्ला शिक्षा कार्यालय, शिक्षण संस्था, अभिभावक र शिक्षाका अन्य सरोकारवालाहरुले कुनै पनि गैर शैक्षिक ¥यालीहरुमा ¥याली, जुलुस, प्रदर्शनी र भेला लगायतमा बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने निर्णय पनि भएको छ ।
बालबालिकालाई प्रत्यक्ष लाभ हुने विद्यालय बाहिर गरिने कार्यक्रमहरुमा पनि उनीहरुको उचित संरक्षणका व्यवस्थ गर्नुपर्ने, कुनै पनि संघसंस्थाले विद्यालयलाई निर्देशन दिई विद्यार्थीलाई प्रयोग गर्न नपाउने, शैक्षिक कार्यक्रममा समेत अभिभावकको अनुमतिमा मात्रै विद्यार्थीहरुलाई सहभागी बनाउने, विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि सबै सचेत हुनुपर्ने निर्णय पनि गरिएको छ ।
सार्वजनिकिकरण कार्यक्रममा शिक्षा समिति अध्यक्ष स्थानीय विकास अधिकारी अमृत लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, शिक्षा समितिका सदस्यहरु, राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम मृतक छात्रा समिक्षा आचार्यको तस्बीरमा माल्यार्पण गरी सुरु गरिएको थियो ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












