बालिका समिक्षा आचार्यको स्मृतिका लागि विद्यालयले गर्नुपर्ने काम सार्वजानिक
सुर्खेत। जिल्ला शिक्षा समिति सुर्खेतले होराइजन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत बालिका समिक्षा आचार्यको मृत्य सम्बन्धी विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।
गत मंसिर २३ गते सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली एक्स्पो २०७३ को अवसरमा ¥यालीमा सहभागी हुँदा मृत्यु भएकी छात्रा समिक्षाको मृत्यु भएपछि त्यस सम्बन्धी छानविन गरी विभिन्न निर्णयहरु गरिएको हो ।
जिल्ला शिक्षा कार्यालयले गठन गरेको छानविन समितिले ¥यालीमा बालबालिकालाई सहभागी गराउनु गलत भएको निष्कर्ष निकाल्दै दिएको सुझावका आधारमा जिल्ला शिक्षा समितिले होराइजन एकेडेमीले वर्ष २०७३ लाई शोक वर्षका रुपमा मनाउनुपर्ने निर्णय गरेको छ ।
यस्तै शिक्षा समितिको निर्णय मध्ये विद्यालयले समिक्षा स्मृति अक्षय कोष स्थापना गर्ने, कोषबाट छात्रबृत्ति प्रदान गर्ने, समिक्षाका २ जना बहिनीहरुलाई निशुल्क अध्ययन गराउने, समिक्षाको स्मृतिका लागि फोटो मार्वल प्रिन्ट गरी विद्यालय हाताभित्र राख्ने निर्णय गरिएको छ । साथै विद्यालयले उक्त प्रतिबद्धताहरु कार्यान्वयन गर्न गराउनका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतसंगको समन्वयमा अभिभावकको उपस्थितिमा कार्यविधि र कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने निर्णय भएको छ ।
निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले छानविनका क्रममा पेस भएका सुझावका आधारमा निर्णयहरु भएको भन्दै सुर्खेत उद्योग बाणिज्य संघले समिक्षाको स्मृतिमा हरेक वर्ष ११ हजार एक सय ११ रुपैयाँको समिक्षा आचार्य स्मृति पुरस्कार स्थापना गरी आफ्ना सदस्यका सन्ततिहरुलाई प्रदान गर्नुपर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै समिक्षाको स्मृतिमा छात्रबृत्ति प्रदान गर्नका लागि एक लाख बराबरको अक्षयकोष स्थापना गर्नुपर्ने निर्णय पनि भएको छ । यी पुरस्कार रछात्रबृत्ति प्रदान गर्नका लागि जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिई कार्यान्वयनको सुनिश्चितता हुनेतर्फ ध्यानदिनुपर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी शाहले बताए ।
यस्तै शिक्षा समितिले राजनीतिक दलहरु, तिनका भातृ संगठनहरु, जिल्ला शिक्षा कार्यालय, शिक्षण संस्था, अभिभावक र शिक्षाका अन्य सरोकारवालाहरुले कुनै पनि गैर शैक्षिक ¥यालीहरुमा ¥याली, जुलुस, प्रदर्शनी र भेला लगायतमा बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने निर्णय पनि भएको छ ।
बालबालिकालाई प्रत्यक्ष लाभ हुने विद्यालय बाहिर गरिने कार्यक्रमहरुमा पनि उनीहरुको उचित संरक्षणका व्यवस्थ गर्नुपर्ने, कुनै पनि संघसंस्थाले विद्यालयलाई निर्देशन दिई विद्यार्थीलाई प्रयोग गर्न नपाउने, शैक्षिक कार्यक्रममा समेत अभिभावकको अनुमतिमा मात्रै विद्यार्थीहरुलाई सहभागी बनाउने, विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि सबै सचेत हुनुपर्ने निर्णय पनि गरिएको छ ।
सार्वजनिकिकरण कार्यक्रममा शिक्षा समिति अध्यक्ष स्थानीय विकास अधिकारी अमृत लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, शिक्षा समितिका सदस्यहरु, राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम मृतक छात्रा समिक्षा आचार्यको तस्बीरमा माल्यार्पण गरी सुरु गरिएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












