पुनर्निर्माणमा सुरक्षाकर्मीलाई सहभागी गराइने

काठमाडौं, ७ माघ । भुकम्पपछिको पुनर्निर्माणमा सुरक्षाकर्मीलाई सहभागी गराउने प्रयास भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ गोविन्द राज पोखरेलले बताउनुभएको छ । जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती भएकाले नेपाली सेना र सशस्त्र प्रहरीलाई समेत पुनिर्माणको काममा लगाउने गरि सरोकारवाला निकायसंग समन्वय गरिरहेको पोखरेलले बताउनुभयो ।
न्युज–नेपालसँग कुरा गर्दै पोखरेलले सहकार्य र समन्वयको अभावमा पछिल्लो एक बर्षमा प्राधिकरणको काम सुस्त भएपनि पुनर्निर्माणको काम अव द्रुत गतिमा अघि बढ्ने दावी गर्नुभयो ।
कतिपय लाभग्राहीले पहिलो किस्ता वापत पाउने अनुदान रकम विभिन्न प्रक्रियागत झन्झटका कारण प्राप्त गर्न नसकेको जानकारी आएको भन्दै उहाँले घरको जग निर्माणका लागी अनुदान दिने बिषयलाई प्राधिकरणले पहिलो प्राथमिकता राखेको बताउनुभयो ।
उहाँले भुकम्पले क्षति पुगेका मुलुकका विभिन्न ऐतिहासिक धरोहरको मौलिकतालाई जोगाउँदै त्यसको पुननिर्माण गर्नेतर्फ प्राधिकरणले विशेष रुपमा ध्यान दिएको बताउनुभयो । पोखरेलले आउँदो बर्षा अघि नै भुकम्प पिडितहरुलाई आफ्नै घरमा फर्काउने गरि प्राधिकरणले काम गरिरहेको उल्लेख गर्नुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












