सरकारी वकिलको आन्दोलनका कारण मुद्दाको सुनुवाई प्रभावित

काठमाडौं, १० माघ । सरकारी वकिलहरुको आन्दोलनका कारण देशभरका अदालतमा सरकार पक्ष रहेका मुद्दाहरु प्रभावित भएका छन् । उच्च अदालतमा न्यायाधीश नियुक्तिका क्रममा सरकारी वकिलहरुको पर्याप्त प्रतिनिधित्व हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयका ट्रेड युनियन संगठनहरुले इजलाश बहिस्कारको घोषणा गरेका हुन् ।
सरकारको कानूनी प्रतिरक्षा गर्ने महान्यायाधिवक्ता स्वयंले सरकारी वकिलहरुको आन्दोलनमा समर्थन गरेका छन् । ‘न्यायाधीश नियुक्तीका क्रममा सरकारी वकिलहरुलाई छ, उनीहरुले गरेको आन्दोलनमा मेरो पनि समर्थन छ,’ महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले भने, ‘आन्दोलनका कारण अदालतमा गएर मुद्दाको प्रतिरक्षा गर्ने अवस्था नै छैन ।’ उनले न्यायाधीश नियुक्तिका क्रममा दक्ष, अनुभवी र सक्षम सरकारी वकिलहरुलाई पाखा लगाइएको गुनासो यथार्थ भएको बताए ।
सरकारी वकिलहरुको प्रतिनिधित्व हुन नसक्दा सर्वोच्चदेखि जिल्ला अदालतसम्म सरकारवादी हुने फौजदारी मुद्दाहरुको सुनुवाई प्रभावित भएको छ । त्यसैगरी सरकारलाई विपक्षी बनाइएको रिट तथा अन्य निवेदनहरुको सुनुवाई पनि प्रभावित बनेको छ । सर्वोच्च अदालतको पेशी सूचीमा रहेका सरकार पक्ष/विपक्षमा हुने मुद्दाहरु स्थगित भएका थिए ।
सर्वोच्च अदालतले भने सरकारी वकिलहरुको आन्दोलनका कारण कारण मुद्दाहरुको सुनुवाईमा कुनै प्रभाव नपरेको जनाएको छ । सह प्रवक्ता विश्वराज पौडेलले पेशीमा रहेका मुद्दाहरुको सुनुवाई नियमित रुपमा भइरहेको प्रतिक्रिया दिए ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












