पन्ध्र घन्टामा दुईपटक मृत्युको मुखबाट बचे
सोलुखुम्बु, माघ १२ गते । मङ्गलबार साँझ काठमाडौँबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए, उनलाई आफूले मृत्युलाई जितेको कथा सुनाउन हतारो थियो ।
चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राईको भनाइ थियो–‘मलाई लैजान सक्दो प्रयास गरेको काल रित्तै फर्कियो ।’
गत असोज ७ गते शनिबार साँझ घाँस काट्न रूख चढेका राई रूखको निकै माथिबाट लडे, करिब चार घन्टा बेहोस भएका राईका दुवै हात र एउटा खुट्टा भाँचियो भने कम्मरको हड्डी खुस्कियो । भाग्यले बाँचेका राईलाई उपचारका लागि राजधानी लैजान असोज ८ गते हेलिकप्टर चार्टर गरियो, उनलाई लिएर बिहान करिब ७ः३० बजे राजधानी फर्कन थालेको हेलिकप्टर उडेको केही सेकेन्डमै दुर्घटनामा प¥यो, तैपनि उनी बाँचे ।
माउन्टेन एअरको नाइनएन अल्फा लीमा क्युबिक कलसाइन भएको हेलिकप्टर लुक्ला विमानस्थलबाट जुभिङ स्वास्थ्य चौकी आएको थियो । हेलिकप्टर उडेपछि धुवाँ निस्कियो र पाइलटले हेलिकप्टर कोदोबारीमा लगेर आकस्मिक अवतरण गराए । क्याप्टेन सुरज थापाले हेलिकप्टरमै रहेको ग्यासको सहायताले हेलिकप्टरलाइ विस्फोट हुनबाट जोगाए । त्यसमा सवार ६ जना नै बाँच्न सफल भए । उनी त्यो घटना सम्झँदा पनि बर्बराउन थाल्छन् । पन्ध्र घण्टामा दुईपटक कालको मुखमा पुगेर बाँचेका उनी घटना सम्झँदै भन्छन्, “सायद काल पनि मसँग हारेर रित्तै फर्कियो ।”
‘टेक अफ’ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबी देखिएको नोटिफिकेसनको सङ्केत आएपछि क्याप्टेन थापाले फोर्स ल्यान्डिङ गर्न लाग्दा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
“अगाडिको भाग क्षतिग्रस्त भएको हेलिकप्टरबाट चालकसहित अरू त तत्कालै भागे तर लडेर घाइते देवान भाग्न सकेनन्”, राई भन्नुहुन्छ, “सबै भागेपछि मैले जोडसँग कराउँदै आफूलाई पनि बाँच्न मन भएकाले निकाल्न आग्रह गरेँ, केही बेरपछि पाइलट आएर रुँदै केही हुँदैन, अब बाँचियो भने, त्यसपछि बाँच्ने आशा पलायो, एक घन्टामा अर्को हेलिकप्टर आएर हामीलाई काठमाडौँ पु¥यायो, अनि उपचार गरेर आज फर्कंदैछु ।”
नेपाली आकासमा विमान दुर्घटनामा परिसकेपछि बाँचेकाको रेकर्ड नगण्य छ । सामान्यतया विमान दुर्घटना भएपछि बाँच्नु त के कुरा, सग्लो शव भेट्नसमेत गाह्रो पर्छ । त्यसैले दुर्घटनापछि नयाँ जीवन पाउँदा आफ्नो शरीर र जीवनको धेरै माया लागेको उनी बताउँछन् । दुर्घटनाअघि रोजगारीका लागि विदेश जाने तयारी गरेका देवान अब भने जस्तो दुःख परेपनि आफ्नै गाउँमा मिहेनत गरेर बस्ने अठोटमा छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












