पन्ध्र घन्टामा दुईपटक मृत्युको मुखबाट बचे
सोलुखुम्बु, माघ १२ गते । मङ्गलबार साँझ काठमाडौँबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए, उनलाई आफूले मृत्युलाई जितेको कथा सुनाउन हतारो थियो ।
चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राईको भनाइ थियो–‘मलाई लैजान सक्दो प्रयास गरेको काल रित्तै फर्कियो ।’
गत असोज ७ गते शनिबार साँझ घाँस काट्न रूख चढेका राई रूखको निकै माथिबाट लडे, करिब चार घन्टा बेहोस भएका राईका दुवै हात र एउटा खुट्टा भाँचियो भने कम्मरको हड्डी खुस्कियो । भाग्यले बाँचेका राईलाई उपचारका लागि राजधानी लैजान असोज ८ गते हेलिकप्टर चार्टर गरियो, उनलाई लिएर बिहान करिब ७ः३० बजे राजधानी फर्कन थालेको हेलिकप्टर उडेको केही सेकेन्डमै दुर्घटनामा प¥यो, तैपनि उनी बाँचे ।
माउन्टेन एअरको नाइनएन अल्फा लीमा क्युबिक कलसाइन भएको हेलिकप्टर लुक्ला विमानस्थलबाट जुभिङ स्वास्थ्य चौकी आएको थियो । हेलिकप्टर उडेपछि धुवाँ निस्कियो र पाइलटले हेलिकप्टर कोदोबारीमा लगेर आकस्मिक अवतरण गराए । क्याप्टेन सुरज थापाले हेलिकप्टरमै रहेको ग्यासको सहायताले हेलिकप्टरलाइ विस्फोट हुनबाट जोगाए । त्यसमा सवार ६ जना नै बाँच्न सफल भए । उनी त्यो घटना सम्झँदा पनि बर्बराउन थाल्छन् । पन्ध्र घण्टामा दुईपटक कालको मुखमा पुगेर बाँचेका उनी घटना सम्झँदै भन्छन्, “सायद काल पनि मसँग हारेर रित्तै फर्कियो ।”
‘टेक अफ’ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबी देखिएको नोटिफिकेसनको सङ्केत आएपछि क्याप्टेन थापाले फोर्स ल्यान्डिङ गर्न लाग्दा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
“अगाडिको भाग क्षतिग्रस्त भएको हेलिकप्टरबाट चालकसहित अरू त तत्कालै भागे तर लडेर घाइते देवान भाग्न सकेनन्”, राई भन्नुहुन्छ, “सबै भागेपछि मैले जोडसँग कराउँदै आफूलाई पनि बाँच्न मन भएकाले निकाल्न आग्रह गरेँ, केही बेरपछि पाइलट आएर रुँदै केही हुँदैन, अब बाँचियो भने, त्यसपछि बाँच्ने आशा पलायो, एक घन्टामा अर्को हेलिकप्टर आएर हामीलाई काठमाडौँ पु¥यायो, अनि उपचार गरेर आज फर्कंदैछु ।”
नेपाली आकासमा विमान दुर्घटनामा परिसकेपछि बाँचेकाको रेकर्ड नगण्य छ । सामान्यतया विमान दुर्घटना भएपछि बाँच्नु त के कुरा, सग्लो शव भेट्नसमेत गाह्रो पर्छ । त्यसैले दुर्घटनापछि नयाँ जीवन पाउँदा आफ्नो शरीर र जीवनको धेरै माया लागेको उनी बताउँछन् । दुर्घटनाअघि रोजगारीका लागि विदेश जाने तयारी गरेका देवान अब भने जस्तो दुःख परेपनि आफ्नै गाउँमा मिहेनत गरेर बस्ने अठोटमा छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












