स्ववियु निर्वाचनको प्रचारप्रसारमा होमिए विद्यार्थी संगठन
सुर्खेत, १२ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने घोषणा गरेपछि सुर्खेतमा चुनावी प्रचारप्रसार सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा ८ वर्ष पछि स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थीहरु चुनावमा होमिएका हुन् ।
स्ववियु निर्वाचनको मिति नजिकिएपछि यहाँका स्थापित विद्यार्थी संगठनहरु क्याम्पसहरुमा केन्द्रित भएका छन । नेपाली काँग्रेसको नेपाल विद्यार्थी संगठन, नेकपा एमाले को अनेरास्ववियु र नेकपा माओवादी केन्द्र को अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु निर्वाचनमा चलहलपहल बढेको हो ।
केन्द्रमा नेपाल विद्यार्थी संगठनले २८ वर्षे उमेर हदबन्दी नमान्ने तर्क गरिरहे पनि सुर्खेतमा नेपाल विद्यार्थी पनि क्याम्पसहरुमा प्रवेश गरेर चुनावी माहोलमा होमिएको छ । यस बाहेक नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संगठन पनि चुनावमा होमिएको छ ।
विद्यार्थी संगठनहरुले विशेष गरेर सुर्खेत क्याम्पस शिक्षा मा आफ्ना चुनावी क्रियाकलापलाई केन्द्रित गरेका छन् । विद्यार्थी संगठनहरुले क्याम्पसको गेट कुर्न थालेका छन । विहानदेखि साँझासम्म विद्यार्थी नेताहरु क्याम्पस मै ब्यस्त देखिन थालेका छन् । विद्यार्थी संगठनहरुलाई अहिले क्याम्पसमा संगठन विस्तारका लागि भ्याइनभ्याइ छ । विद्यार्थी संगठनहरुले हरेक दिन क्याम्पसमा आफ्नो संगठनको कमिटी गठन गरिरहेका छन् ।
विशेषगरी अहिले अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संगठनले नै क्याम्पसमा कमिटी गठन गर्नेदेखि विद्यार्थी भेटघाट कार्यक्रम गरिरहेका विद्यार्थी संगठनहरुलाई अहिले क्याम्पसमा संगठन विस्तारका लागि भ्याइनभ्याइ छ । क्याम्पसमा क्रान्तिकारी विद्यार्थी संघले पनि कमिटी गठन गरिरहेको जनाएको छ । विद्यार्थी संगठनका नेताहरुले आफूहरु निर्वाचनमा होमिसकेको भन्दै आफ्ना गतिविधिहरुलाई क्याम्पसमा केन्द्रित गरेको बताएका विद्यार्थी संगठनहरुलाई अहिले क्याम्पसमा संगठन विस्तारका लागि भ्याइनभ्याइ छ ।
नेकपा माओवादी केन्द्र को अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश जि.सी.ले आफ्नो संगठन ब्यापक रुपमा चुनावमा होमिएको बताए । उनले आफ्नो संगठनले त्रिविको २८ वर्षे उमेर हदबन्दीको स्वागत गर्दै निर्वाचनमा होमिएको बताए । ‘‘हामीले त्रिविको निर्णयको स्वागत गर्दै निर्वाचनमा संगठनलाई केन्द्रित गरेका छौं,’ उनले भने–‘हाम्रो संगठन पूर्ण रुपमा क्याम्पसहरुमा प्रवेश गरिसकेको छ ।
विशेष गरी सुर्खेत क्याम्पस शिक्षामा आफूहरु केन्द्रित भएको भन्दै उनले शिक्षा क्याम्पसमा लामो समयदेखि आफूहरुको संगठन मात्रै विद्यार्थीको माझमा सक्रिय भएकोले विजय समेत निश्चित भएको बताए । क्रान्तिकारीले सदरमुकाम बाहिर रहेका विद्यालयहरुमा पनि संगठन विस्तारसंगै चुनावी कार्यक्रम सुरु गरिसकेको छ ।
यस्तै नेपाल विद्यार्थी संगठनले पनि आफूहरु चुनावमा केन्द्रित भएको बताएको छ । सुर्खेत क्याम्पस शिक्षाका नेविसंघका कार्यबहाक सभापति राजकुमार सिजापतिले नेविसंघ क्याम्पसमा प्रवेश गरेर चुनावी माहोल सिर्जना गरिसकेको बताए । उनले दैनिक कमिटी गठन गर्ने काम गरिएको बताए । केन्द्रमा उमेर हदबन्दीमा केही असहमति देखिएको भएपनि आफूहरु उमेर हदबन्द राख्नुपर्ने र सोही अनुसार निर्वाचन गर्नुपर्ने पक्षमा रहेको समेत बताए । त्रिविको निणय मान्य भएको भन्दै उनले आफूहरु निर्वाचनमा होमिएको बताए ।
यता नेकपा एमालेको अनेरास्ववियुले पनि आफूहरु क्याम्पसहरुमा प्रवेश गरिसकेको जनाएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रेम खड्काले आफूहरु सदरमुकामका क्याम्पसमा केन्द्रित भइसकेको भन्दै केही दिनमै सदरमुकाम बाहिरका क्याम्पसहरुमा पनि जाने बताए ।
उनले जिल्लामा अनेरास्ववियुको पकड राम्रो भएको दावी समेत गरे । स्ववियु निर्वाचन नजिकिएपछि तीन वटा विद्यार्थी संगठनहरुले आफूहरुलाई पहिलो दावी गररहेकाछन् । विशेष गरी सुर्खेतमा त्रिवीको मुख्य क्याम्पसका रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षामा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमालेको अनेरास्ववियु र काँग्र्रेसको नेविसंघले आफूहरुको संगठन बलियो भएको दावी गरेका छन् ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












