स्ववियु निर्वाचनको प्रचारप्रसारमा होमिए विद्यार्थी संगठन
सुर्खेत, १२ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने घोषणा गरेपछि सुर्खेतमा चुनावी प्रचारप्रसार सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा ८ वर्ष पछि स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थीहरु चुनावमा होमिएका हुन् ।
स्ववियु निर्वाचनको मिति नजिकिएपछि यहाँका स्थापित विद्यार्थी संगठनहरु क्याम्पसहरुमा केन्द्रित भएका छन । नेपाली काँग्रेसको नेपाल विद्यार्थी संगठन, नेकपा एमाले को अनेरास्ववियु र नेकपा माओवादी केन्द्र को अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु निर्वाचनमा चलहलपहल बढेको हो ।
केन्द्रमा नेपाल विद्यार्थी संगठनले २८ वर्षे उमेर हदबन्दी नमान्ने तर्क गरिरहे पनि सुर्खेतमा नेपाल विद्यार्थी पनि क्याम्पसहरुमा प्रवेश गरेर चुनावी माहोलमा होमिएको छ । यस बाहेक नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संगठन पनि चुनावमा होमिएको छ ।
विद्यार्थी संगठनहरुले विशेष गरेर सुर्खेत क्याम्पस शिक्षा मा आफ्ना चुनावी क्रियाकलापलाई केन्द्रित गरेका छन् । विद्यार्थी संगठनहरुले क्याम्पसको गेट कुर्न थालेका छन । विहानदेखि साँझासम्म विद्यार्थी नेताहरु क्याम्पस मै ब्यस्त देखिन थालेका छन् । विद्यार्थी संगठनहरुलाई अहिले क्याम्पसमा संगठन विस्तारका लागि भ्याइनभ्याइ छ । विद्यार्थी संगठनहरुले हरेक दिन क्याम्पसमा आफ्नो संगठनको कमिटी गठन गरिरहेका छन् ।
विशेषगरी अहिले अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संगठनले नै क्याम्पसमा कमिटी गठन गर्नेदेखि विद्यार्थी भेटघाट कार्यक्रम गरिरहेका विद्यार्थी संगठनहरुलाई अहिले क्याम्पसमा संगठन विस्तारका लागि भ्याइनभ्याइ छ । क्याम्पसमा क्रान्तिकारी विद्यार्थी संघले पनि कमिटी गठन गरिरहेको जनाएको छ । विद्यार्थी संगठनका नेताहरुले आफूहरु निर्वाचनमा होमिसकेको भन्दै आफ्ना गतिविधिहरुलाई क्याम्पसमा केन्द्रित गरेको बताएका विद्यार्थी संगठनहरुलाई अहिले क्याम्पसमा संगठन विस्तारका लागि भ्याइनभ्याइ छ ।
नेकपा माओवादी केन्द्र को अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश जि.सी.ले आफ्नो संगठन ब्यापक रुपमा चुनावमा होमिएको बताए । उनले आफ्नो संगठनले त्रिविको २८ वर्षे उमेर हदबन्दीको स्वागत गर्दै निर्वाचनमा होमिएको बताए । ‘‘हामीले त्रिविको निर्णयको स्वागत गर्दै निर्वाचनमा संगठनलाई केन्द्रित गरेका छौं,’ उनले भने–‘हाम्रो संगठन पूर्ण रुपमा क्याम्पसहरुमा प्रवेश गरिसकेको छ ।
विशेष गरी सुर्खेत क्याम्पस शिक्षामा आफूहरु केन्द्रित भएको भन्दै उनले शिक्षा क्याम्पसमा लामो समयदेखि आफूहरुको संगठन मात्रै विद्यार्थीको माझमा सक्रिय भएकोले विजय समेत निश्चित भएको बताए । क्रान्तिकारीले सदरमुकाम बाहिर रहेका विद्यालयहरुमा पनि संगठन विस्तारसंगै चुनावी कार्यक्रम सुरु गरिसकेको छ ।
यस्तै नेपाल विद्यार्थी संगठनले पनि आफूहरु चुनावमा केन्द्रित भएको बताएको छ । सुर्खेत क्याम्पस शिक्षाका नेविसंघका कार्यबहाक सभापति राजकुमार सिजापतिले नेविसंघ क्याम्पसमा प्रवेश गरेर चुनावी माहोल सिर्जना गरिसकेको बताए । उनले दैनिक कमिटी गठन गर्ने काम गरिएको बताए । केन्द्रमा उमेर हदबन्दीमा केही असहमति देखिएको भएपनि आफूहरु उमेर हदबन्द राख्नुपर्ने र सोही अनुसार निर्वाचन गर्नुपर्ने पक्षमा रहेको समेत बताए । त्रिविको निणय मान्य भएको भन्दै उनले आफूहरु निर्वाचनमा होमिएको बताए ।
यता नेकपा एमालेको अनेरास्ववियुले पनि आफूहरु क्याम्पसहरुमा प्रवेश गरिसकेको जनाएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रेम खड्काले आफूहरु सदरमुकामका क्याम्पसमा केन्द्रित भइसकेको भन्दै केही दिनमै सदरमुकाम बाहिरका क्याम्पसहरुमा पनि जाने बताए ।
उनले जिल्लामा अनेरास्ववियुको पकड राम्रो भएको दावी समेत गरे । स्ववियु निर्वाचन नजिकिएपछि तीन वटा विद्यार्थी संगठनहरुले आफूहरुलाई पहिलो दावी गररहेकाछन् । विशेष गरी सुर्खेतमा त्रिवीको मुख्य क्याम्पसका रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षामा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमालेको अनेरास्ववियु र काँग्र्रेसको नेविसंघले आफूहरुको संगठन बलियो भएको दावी गरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












