ताजा समाचार

विविध कार्यक्रम गरेर एसओएसले मनायो स्थापना दिवस

सुर्खेत १२ माघ । एसओएस हर्मन माइनर विद्यालय कालागाउँले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ ।  मंगलबार एक कार्यक्रमकाबीच विद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो ।

दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा मार्चपास, पिटी नाच, तेक्वान्तो र उसुको प्रदर्शन समेत गरिएको थियो । विभिन्न साँस्कृतिक प्रस्तुतिका साथ भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्राध्यानाध्यापक हिक्मत बहादुर वलीले प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा उकृष्ट सदन, उत्कृष्ट खेलाडी, उकृष्ट शिक्षक, उकृष्ट अभिभावकहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न खेलकुद प्रतियोगितामा विजेता खेलाडिहरुलाई पुरस्कार तथा कप प्रदान गरिएको थियो । एसओएस बालग्रामका निमित्त निर्देशक सुशिलमणी ज्ञावलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक धर्मजित शाहीले विद्यालयले जिल्लामा उच्च आदर्श विद्यालयका रुपमा चिनिएको भन्दै विद्यालयका गतिविधिहरुलाई अन्य विद्यालयमा समेत संचालन गर्नुपर्ने बताए । उनले बालबालिकाहरुको इच्क्षा अनुसारको वातावरण सिर्जना गर्न अभिभावकहरुले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय शैक्षिक तालिम केन्द्र सुर्खेतका वरिष्ठ प्रशिक्षक दीपा हमाल, सुर्खेत क्याम्पस ‘शिक्षा’ का प्रमुख टंकप्रसाद आचार्य, राष्ट्रिय सहकारी बैंकका संचाल हरिहरनाथ योगी, समाजसेवी भद्र भण्डारी, सैनिक विद्यालयका स्थिर बहादुर थापा, विद्यालय निरीक्षक उत्तम आचार्य लगायतको सहभागिता रहेको विद्यालयका शिक्षक महेन्द्र चन्दले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org