विविध कार्यक्रम गरेर एसओएसले मनायो स्थापना दिवस
सुर्खेत १२ माघ । एसओएस हर्मन माइनर विद्यालय कालागाउँले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । मंगलबार एक कार्यक्रमकाबीच विद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो ।
दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा मार्चपास, पिटी नाच, तेक्वान्तो र उसुको प्रदर्शन समेत गरिएको थियो । विभिन्न साँस्कृतिक प्रस्तुतिका साथ भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्राध्यानाध्यापक हिक्मत बहादुर वलीले प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा उकृष्ट सदन, उत्कृष्ट खेलाडी, उकृष्ट शिक्षक, उकृष्ट अभिभावकहरुलाई सम्मान गरिएको थियो ।
विभिन्न खेलकुद प्रतियोगितामा विजेता खेलाडिहरुलाई पुरस्कार तथा कप प्रदान गरिएको थियो । एसओएस बालग्रामका निमित्त निर्देशक सुशिलमणी ज्ञावलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक धर्मजित शाहीले विद्यालयले जिल्लामा उच्च आदर्श विद्यालयका रुपमा चिनिएको भन्दै विद्यालयका गतिविधिहरुलाई अन्य विद्यालयमा समेत संचालन गर्नुपर्ने बताए । उनले बालबालिकाहरुको इच्क्षा अनुसारको वातावरण सिर्जना गर्न अभिभावकहरुले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय शैक्षिक तालिम केन्द्र सुर्खेतका वरिष्ठ प्रशिक्षक दीपा हमाल, सुर्खेत क्याम्पस ‘शिक्षा’ का प्रमुख टंकप्रसाद आचार्य, राष्ट्रिय सहकारी बैंकका संचाल हरिहरनाथ योगी, समाजसेवी भद्र भण्डारी, सैनिक विद्यालयका स्थिर बहादुर थापा, विद्यालय निरीक्षक उत्तम आचार्य लगायतको सहभागिता रहेको विद्यालयका शिक्षक महेन्द्र चन्दले जानकारी दिए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












