सरकारी वकिलले न्यायाधीश नियुक्तिको बचाउ नगर्ने
काठमाडौं,१३ माघ । सरकारी वकिल तथा महान्यायाधिवक्ता कार्यालयका चारवटा ट्रेड युनियनले सर्वोच्च अदालतसहितका देशभरका अदालतको इजलास बहिष्कार गरिरहँदा न्यायपरिषद्ले भविष्यमा न्यायाधीश सिफारिस गर्दा संविधान र कानुनको मर्मअनुसार समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गर्ने प्रतिबद्धता जनाएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।महान्यायाधिवक्ता तथा वरिष्ठ सरकारी वकिलसँग मंगलबार भएको वार्ताको एक दिनपछि न्यायपरिषद्ले उक्त प्रतिबद्धता व्यक्त गरे पनि बुधबार इजलास बहिष्कार चौथो दिन पनि जारी रह्यो। महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ट्रेड युनियनले असहयोग आन्दोलन जारी राखे।
न्यायपरिषद्को आश्वासनलाई सकारात्मक रूपमा लिँदै महान्यायाधिवक्ता कार्यालयका ट्रेड युनियन तथा सरकारी वलिकले बिहीबारबाट इजलासमा फर्कने घोषणा गरे पनि उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्तिविरुद्ध परेका मुद्दामा न्यायपरिषद्को बचाउ नगर्ने अडान लिएका छन्।
परिषद्को न्यायाधीश नियुक्ति निर्णय समानुपातिक समावेशीको सट्टा राजनीति, आफन्त र स्वार्थबाट प्रेरित भएको भन्दै सर्वोच्चमा तीनवटा रिट दायर भएका छन्। यी रिटसँगै परिषद्विरुद्ध दायर पुराना रिट पनि विचाराधीन छन्। ‘आन्दोलन स्थगनमात्र हो, फिर्ता लिइएको होइन’, सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले भने।
मंगलबार लामो छलफल भए पनि परिषद्बाट प्रतिबद्धतासहितको विज्ञप्ति आउन ढिलाइ भएकाले आन्दोलन स्थगन कार्यक्रम एक दिन पर सरेको पौडेलले बताए। बहस बहिष्कारका कारण अदालतमा पालो कुरेर बसेका सरकारवादी फौजदारी मुद्दाका हजारौं सेवाग्राही भने मर्कामा परेका छन्। परिषद्ले अबेर विज्ञप्तिमार्फत न्यायाधीश सिफारिसमा संविधान र न्यायपरिषद् ऐनले तोकेका आधारलाई ध्यान दिने प्रतिबद्धता जनाएपछि सरकारी वकिल र ट्रेड युनियनले बिहीबारदेखि मात्र आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने निर्णय लिएका छन्।
तर हालको नियुक्तिमा परिषद्बाट सरकारी वकिलको अस्तित्व मेट्ने काम भएको भन्दै उनीहरूले परिषद्विरुद्ध सर्वोच्चमा परेको रिटमा प्रतिरक्षा भने नगर्ने जनाएका छन्। परिषद्ले न्यायाधीश नियुक्तिमा परिषद् ऐन, २०७३ को दफा ५ ले तोकेका आधारलाई ध्यानमा राखिने विज्ञप्तिमा जनाएको छ। उक्त दफामा समानुपातिक समावेशी सिद्धान्तबमोजिम नियुक्तिका लागि न्यायाधीश सिफारिस गरिने उल्लेख छ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...











