सरकारी वकिलले न्यायाधीश नियुक्तिको बचाउ नगर्ने
काठमाडौं,१३ माघ । सरकारी वकिल तथा महान्यायाधिवक्ता कार्यालयका चारवटा ट्रेड युनियनले सर्वोच्च अदालतसहितका देशभरका अदालतको इजलास बहिष्कार गरिरहँदा न्यायपरिषद्ले भविष्यमा न्यायाधीश सिफारिस गर्दा संविधान र कानुनको मर्मअनुसार समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गर्ने प्रतिबद्धता जनाएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।महान्यायाधिवक्ता तथा वरिष्ठ सरकारी वकिलसँग मंगलबार भएको वार्ताको एक दिनपछि न्यायपरिषद्ले उक्त प्रतिबद्धता व्यक्त गरे पनि बुधबार इजलास बहिष्कार चौथो दिन पनि जारी रह्यो। महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ट्रेड युनियनले असहयोग आन्दोलन जारी राखे।
न्यायपरिषद्को आश्वासनलाई सकारात्मक रूपमा लिँदै महान्यायाधिवक्ता कार्यालयका ट्रेड युनियन तथा सरकारी वलिकले बिहीबारबाट इजलासमा फर्कने घोषणा गरे पनि उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्तिविरुद्ध परेका मुद्दामा न्यायपरिषद्को बचाउ नगर्ने अडान लिएका छन्।
परिषद्को न्यायाधीश नियुक्ति निर्णय समानुपातिक समावेशीको सट्टा राजनीति, आफन्त र स्वार्थबाट प्रेरित भएको भन्दै सर्वोच्चमा तीनवटा रिट दायर भएका छन्। यी रिटसँगै परिषद्विरुद्ध दायर पुराना रिट पनि विचाराधीन छन्। ‘आन्दोलन स्थगनमात्र हो, फिर्ता लिइएको होइन’, सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले भने।
मंगलबार लामो छलफल भए पनि परिषद्बाट प्रतिबद्धतासहितको विज्ञप्ति आउन ढिलाइ भएकाले आन्दोलन स्थगन कार्यक्रम एक दिन पर सरेको पौडेलले बताए। बहस बहिष्कारका कारण अदालतमा पालो कुरेर बसेका सरकारवादी फौजदारी मुद्दाका हजारौं सेवाग्राही भने मर्कामा परेका छन्। परिषद्ले अबेर विज्ञप्तिमार्फत न्यायाधीश सिफारिसमा संविधान र न्यायपरिषद् ऐनले तोकेका आधारलाई ध्यान दिने प्रतिबद्धता जनाएपछि सरकारी वकिल र ट्रेड युनियनले बिहीबारदेखि मात्र आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने निर्णय लिएका छन्।
तर हालको नियुक्तिमा परिषद्बाट सरकारी वकिलको अस्तित्व मेट्ने काम भएको भन्दै उनीहरूले परिषद्विरुद्ध सर्वोच्चमा परेको रिटमा प्रतिरक्षा भने नगर्ने जनाएका छन्। परिषद्ले न्यायाधीश नियुक्तिमा परिषद् ऐन, २०७३ को दफा ५ ले तोकेका आधारलाई ध्यानमा राखिने विज्ञप्तिमा जनाएको छ। उक्त दफामा समानुपातिक समावेशी सिद्धान्तबमोजिम नियुक्तिका लागि न्यायाधीश सिफारिस गरिने उल्लेख छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












