एक लाख २० हजार अपराधी अझै फरार
काठमाडौँ, माघ १३ गते । नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा हत्या मुद्दामा जन्मकैदको फैसला पाएकादेखि बैङ्किङ ठगी मुद्दामा करिब एक अर्ब रुपियाँ जरिवाना सुनाइएका अपराधीहरू छन् ।
सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार विभिन्न मुद्दाका स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार व्यक्ति फरार छन् । तीमध्ये १५ सय विदेशी नागरिक रहेको निर्देशनालयले जनाएको छ ।
२०७१ सालबाट सुरु गरिएको फैसला कार्यान्वयन अभियान अन्तर्गत विशेष अभियान सञ्चालन गरिएका २१ जिल्लामा तीन हजार २३, अन्य जिल्लाबाट तीन हजार २४ र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक सय ४० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।
विभागका अनुसार सजाय बेरुजू राख्ने अपराधीको पक्राउसँगै जरिवाना तीन अर्ब ५८ करोड ८४ लाख चार हजार रुपियाँ असुल भएको छ । फैसला बेरुजू राख्ने पक्राउ परेकाहरूको जेल सजाय पाँच हजार तीन सय ६१ वर्ष एक महिना हुन आउँछ ।
दण्डहीनताविरुद्ध कारबाही अभियान २५ वर्ष पुराना अपराधका घटनामा संलग्न अपराधीहरू पनि पक्राउ परेका छन् । त्यस्तै कतिपय सरकारी जागिरसमेत खाइरहेको अवस्थामा पनि अपराधीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
विभिन्न अदालतले विभिन्न समयमा सजाय फैसला सुनाइसकेका तथा फरारको सूचीमा सूचीकृत अपराधी तथा अभियुक्तहरूलाई पक्राउ गर्न कडिकडाइ गरेयता वर्षौं पुराना अपराधका घटनामा संलग्न व्यक्ति कारबाहीको दायरमा आएका हुन् ।
प्रहरीले त्यस्ता अपराधीका विषयमा गोप्य सूचना प्राप्त भए तत्काल प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिन आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












