एक लाख २० हजार अपराधी अझै फरार
काठमाडौँ, माघ १३ गते । नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा हत्या मुद्दामा जन्मकैदको फैसला पाएकादेखि बैङ्किङ ठगी मुद्दामा करिब एक अर्ब रुपियाँ जरिवाना सुनाइएका अपराधीहरू छन् ।
सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार विभिन्न मुद्दाका स्वदेशी तथा विदेशी गरी एक लाख २० हजार व्यक्ति फरार छन् । तीमध्ये १५ सय विदेशी नागरिक रहेको निर्देशनालयले जनाएको छ ।
२०७१ सालबाट सुरु गरिएको फैसला कार्यान्वयन अभियान अन्तर्गत विशेष अभियान सञ्चालन गरिएका २१ जिल्लामा तीन हजार २३, अन्य जिल्लाबाट तीन हजार २४ र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक सय ४० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।
विभागका अनुसार सजाय बेरुजू राख्ने अपराधीको पक्राउसँगै जरिवाना तीन अर्ब ५८ करोड ८४ लाख चार हजार रुपियाँ असुल भएको छ । फैसला बेरुजू राख्ने पक्राउ परेकाहरूको जेल सजाय पाँच हजार तीन सय ६१ वर्ष एक महिना हुन आउँछ ।
दण्डहीनताविरुद्ध कारबाही अभियान २५ वर्ष पुराना अपराधका घटनामा संलग्न अपराधीहरू पनि पक्राउ परेका छन् । त्यस्तै कतिपय सरकारी जागिरसमेत खाइरहेको अवस्थामा पनि अपराधीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
विभिन्न अदालतले विभिन्न समयमा सजाय फैसला सुनाइसकेका तथा फरारको सूचीमा सूचीकृत अपराधी तथा अभियुक्तहरूलाई पक्राउ गर्न कडिकडाइ गरेयता वर्षौं पुराना अपराधका घटनामा संलग्न व्यक्ति कारबाहीको दायरमा आएका हुन् ।
प्रहरीले त्यस्ता अपराधीका विषयमा गोप्य सूचना प्राप्त भए तत्काल प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिन आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












