देशभक्त यूवा समाजद्वारा नेपालमा पहिलो पटक ठूलो राष्ट्रिय झण्डा सार्वजनिक
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा सार्वजानिक गरिएको छ । नेपाली देशभक्त युवा समाजले निर्माण गरेको उक्त झण्डा रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।
देशभक्त युवा समाजका अध्यक्ष नारायण ढुङ्गाना, नवराज गौतम, शंकर जैसी, किसान खत्री,केदारनाथ नेपाल ‘निश्चल’, भोजराज तिमिल्सिना, कल्पना गौतम, अन्जसा बजगाईं र क्लवका अध्यक्ष ऋषि धमलाले संयक्त रुपमा सार्वजानिक गरे ।
उक्त झण्डालाई यही माघ १६ गते सहीद दिवसको दिन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा हजारौं राष्ट्रभक्त दाजूभाई तथा दिदीवहिनीहरुको साथमा माईती घर मण्डलामा गाडिने नेपाली देशभक्त युवा समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले जानकारी दिए । माईती घर मण्डलामा झण्डा सधैंका लागि राखिने छ । झण्डाको अवस्थालाई हेरेर फेरिने ढुङ्गानाले वताए ।
सहीदलाई जुनसुकै ठाउँबाट सम्झने सकिने बताउँदै अध्यक्ष ढुङ्गानाले सहीद परिवारप्रति उच्च सम्मान गर्नुपर्ने बताए । देशभक्त युवाहरुबीच एकताको खाँचो रहेको पनि ढुङ्गानाले वताए ।
त्यस्तै नेपाली देशभक्त युवा समाजले समाजका विभिन्न क्षेत्रमा रहेर विश्वमा देशको शिर उच्च राख्नेहरुलार्य पनि सोही दिन सम्मान गर्ने भएको छ ।
देशभक्त युवा समाज नेपालले सम्मान गर्न लागेका व्यक्तीहरु
इन्दिरा रानामगर
निगम हुमाँगाई
मदनदास श्रेष्ठ
सिताराम कट्टेल ‘धुर्मुस’
कुञ्जना घिमिरे ‘सुन्तली’
ऋषि धमला
नवल खड्का
मिरा राई
विमल घर्तीमगर
पुष्पा वस्नेत
देव नारायण यादव
सविता उप्रेती
र अनुराधा कोइराला रहेका छन् ।
राष्ट्रिय झण्डाको विस्तृत व्याख्या यस्तो छ
लम्बाई १० मिटर
चौडाई ७.५ मिटर
तौल ७.३८ किलो
प्रयोग गरिएको कपडा
रातो ८३ मिटर
निलो २६ मिटर
सेतो २३ मिटर
स्टिल पाइप २४ मिटर तीन इन्च
तस्बिर : रमेश दवाडी/न्युज-नेपाल
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












