देशभक्त यूवा समाजद्वारा नेपालमा पहिलो पटक ठूलो राष्ट्रिय झण्डा सार्वजनिक
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा सार्वजानिक गरिएको छ । नेपाली देशभक्त युवा समाजले निर्माण गरेको उक्त झण्डा रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।
देशभक्त युवा समाजका अध्यक्ष नारायण ढुङ्गाना, नवराज गौतम, शंकर जैसी, किसान खत्री,केदारनाथ नेपाल ‘निश्चल’, भोजराज तिमिल्सिना, कल्पना गौतम, अन्जसा बजगाईं र क्लवका अध्यक्ष ऋषि धमलाले संयक्त रुपमा सार्वजानिक गरे ।
उक्त झण्डालाई यही माघ १६ गते सहीद दिवसको दिन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा हजारौं राष्ट्रभक्त दाजूभाई तथा दिदीवहिनीहरुको साथमा माईती घर मण्डलामा गाडिने नेपाली देशभक्त युवा समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले जानकारी दिए । माईती घर मण्डलामा झण्डा सधैंका लागि राखिने छ । झण्डाको अवस्थालाई हेरेर फेरिने ढुङ्गानाले वताए ।
सहीदलाई जुनसुकै ठाउँबाट सम्झने सकिने बताउँदै अध्यक्ष ढुङ्गानाले सहीद परिवारप्रति उच्च सम्मान गर्नुपर्ने बताए । देशभक्त युवाहरुबीच एकताको खाँचो रहेको पनि ढुङ्गानाले वताए ।
त्यस्तै नेपाली देशभक्त युवा समाजले समाजका विभिन्न क्षेत्रमा रहेर विश्वमा देशको शिर उच्च राख्नेहरुलार्य पनि सोही दिन सम्मान गर्ने भएको छ ।
देशभक्त युवा समाज नेपालले सम्मान गर्न लागेका व्यक्तीहरु
इन्दिरा रानामगर
निगम हुमाँगाई
मदनदास श्रेष्ठ
सिताराम कट्टेल ‘धुर्मुस’
कुञ्जना घिमिरे ‘सुन्तली’
ऋषि धमला
नवल खड्का
मिरा राई
विमल घर्तीमगर
पुष्पा वस्नेत
देव नारायण यादव
सविता उप्रेती
र अनुराधा कोइराला रहेका छन् ।
राष्ट्रिय झण्डाको विस्तृत व्याख्या यस्तो छ
लम्बाई १० मिटर
चौडाई ७.५ मिटर
तौल ७.३८ किलो
प्रयोग गरिएको कपडा
रातो ८३ मिटर
निलो २६ मिटर
सेतो २३ मिटर
स्टिल पाइप २४ मिटर तीन इन्च
तस्बिर : रमेश दवाडी/न्युज-नेपाल
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












