बार–वेञ्च द्वन्द्व उत्कर्षमा: इजलास बहिष्कारसम्मको घोषणा
काठमाडौं, १६ माघ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै इजलास बहिष्कारसम्मको विरोधका कार्यक्रम घोषणा गरेको छ। बारको यो घोषणासँगै न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीश कार्कीले उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गरेपछि सुरू भएको बार–वेञ्च द्वन्द्व उत्कर्षमा पुगेको छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। नेपाल बारले न्यायपरिषदका दुईजना सदस्यको अनुपस्थितिमा एकलौटी र गैरकानुनी ढंगले न्यायाधीश नियुक्त गरेको भन्दै चिडिएको बारले प्रधानन्यायाधीशले निर्देशित न्यायपालिका बनाएको संघीन आरोपसमेत लगाएको छ। उसले राजनीतिक दलको सिफारिसमा न्यायाधीश नियुक्ति गरेकोतर्फ संकेत गर्दै प्रधानन्यायाधीश कार्की नेतृत्वको न्यायपालिका निर्देशित भएको ठहरसमेत गरेको छ। वारले प्रधानन्यायाधीश उपस्थित सवै कार्यक्रम बहिष्कार गर्नेदेखि लिएर इजलास बहिष्कारसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो। प्रधानन्यायाधीशका मात्र नभई सर्वोच्च अदालतले गर्ने सवैखाले कार्यक्रम वहिष्कार गर्ने नेपाल बारको निर्णय छ। त्यसैगरी बारले संवैधानिक इजलास गठनमा बेवास्ता गरेको भन्दै सो इजलास गठन नभएसम्म बारले विशेष खाले मुद्धामा पठाएका एमिकस क्युरी (अदालतका सहयोगी वकिल) लाई समेत बहसमा नजान निर्देशन दिएको छ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












