६४ औं कुष्ठ रोग दिवस : चालु आवमा १२ जना कुष्टरोगीको पहिचान
सुर्खेत, १६ माघ । सुर्खेतमा चालु आर्थिक वर्ष २०७३÷७४ मा १२ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
समयमा नै कुष्ठरोगको उपचार गरौँ अपांगता हुनबाट बचौँ भन्ने मुल नारासहित सोमबार मनाउन लागिएको ६४औँ कुष्ठरोग दिवसको पूर्व सन्ध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय कार्यालय र आईएनएफ सुर्खेतले आयोजना गरेको कार्यक्रममा यस्तो बताईएको हो । जनस्वास्थ्य कार्यालयका क्षय–कुष्ठ अधिकृत गणेशभक्त गौतमले अहिले जिल्लाभर ४२ जना कुष्ठरोगका बिरामी उपचाररत रहेको बताए ।
यसैबिच, कुष्ठरोग निवारण हुन बाँकी रहेका नेपालका १८ जिल्लालाई सरकारले सन् २०२० सम्म पूर्ण रुपले कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ । विश्वभर कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिँदैन जस्ले गर्दा सरकारले राखेको लक्ष्य पुरा हुनेमा चुनौति देखिएको पनि गौतमले बताए ।
नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन नसकेको भन्दै उनले अहिले देशभर ३ हजार ५४ जना नयाँ बिरामी फेला परेको पनि जानकारी दिए । अहिले दुई हजार पाँच सय ५९ जना कुष्ठरोगका बिरामीको उपचार भइरहेको पनि गौतमको भनाई छ । देशभर करिब ३३ हजार व्यक्ति यस रोगबाट अपांगता भएको अनुमान गरिएको गौतमले जानकारी दिए ।
यस्तै, दिवसका अवसरमा भोलि बिहान आईएनएफ सुर्खेतमा उपचाररत कुष्ठरोगका बिरामीहरुलाई फलफुल, उपहारलगायत सामग्री वितरण गरिने पनि उनले जानकारी दिए । अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । दिवसका अवसरमा आज (आइतबार) बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।
सिदार्थको स्थापना दिवसमाा दृष्टिबिहीन हेरविचार केन्द्रलाई २५ हजार सहयोग
सुर्खेतस्थिति सबैभन्दा ठूलो सञ्चारगृह सिद्धार्थ संचार सहकारी संस्था लि.को १० औं स्थापना दिवस शनिबार सम्पन्न भएको छ । स्थापनका दिवसको अवसर पारेर संस्थाले वीरेन्द्रनगरमा रहेको दृष्टिविहीन हेरविचार केन्द्रलाई नगद २५ हजार सहयोग प्रदान गरिएको छ ।
संस्थाले शनिवार एक कार्यक्रमको आयोजना गरी सहकारीका अध्यक्ष दिपबहादुर रानामगरले दृष्टिबिहीन केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यलाई २५ हजारको चेक प्रदान गरेका छन् । हरेक वर्ष सामाजिक संघसंस्थाहरुलाई सहयोग गर्दै आएको सहकारीले यसवर्ष दृष्टिविहीन हेरविचार केन्द्रलाई सहयोग गरेको हो । सहयोग हस्तान्तर गर्दै संस्थाका अध्यक्ष रानाले दृष्टिबिहीनहरुको जिवनस्तर माथि उकास्नका लागि आफूहरुको सहयोगले महत्वपूर्ण हुने बताए । केन्द्रका अध्यक्ष शाक्यले सहकारीले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले यस्तै संघसंस्थाहरुको सहयोग अपरिवार्ह रहेको बताउँदै सबैको सहयोग भए आफूले सुर्खेतमा दृष्टिबिहीनका लागि छात्रावास निर्माण गर्ने योजना रहेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा सिदार्थ सञ्चार सल्लाहकार डिलबहादुर वसीमगर, कृष्णा वंशीमगर, बेचुलाल चौधरी, संस्थाका उपाध्यक्ष कृष्ण रास्कोटीमगसर, सचिव ललित गाहामगर, सिद्दार्थ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष आशुराम सोमैमगर र व्यवस्थापक झक्कड पुलामीमगर लगायत सम्पूर्ण संञ्चालक सदस्य एवम् कर्मचारीको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












