६४ औं कुष्ठ रोग दिवस : चालु आवमा १२ जना कुष्टरोगीको पहिचान
सुर्खेत, १६ माघ । सुर्खेतमा चालु आर्थिक वर्ष २०७३÷७४ मा १२ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
समयमा नै कुष्ठरोगको उपचार गरौँ अपांगता हुनबाट बचौँ भन्ने मुल नारासहित सोमबार मनाउन लागिएको ६४औँ कुष्ठरोग दिवसको पूर्व सन्ध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय कार्यालय र आईएनएफ सुर्खेतले आयोजना गरेको कार्यक्रममा यस्तो बताईएको हो । जनस्वास्थ्य कार्यालयका क्षय–कुष्ठ अधिकृत गणेशभक्त गौतमले अहिले जिल्लाभर ४२ जना कुष्ठरोगका बिरामी उपचाररत रहेको बताए ।
यसैबिच, कुष्ठरोग निवारण हुन बाँकी रहेका नेपालका १८ जिल्लालाई सरकारले सन् २०२० सम्म पूर्ण रुपले कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ । विश्वभर कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिँदैन जस्ले गर्दा सरकारले राखेको लक्ष्य पुरा हुनेमा चुनौति देखिएको पनि गौतमले बताए ।
नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन नसकेको भन्दै उनले अहिले देशभर ३ हजार ५४ जना नयाँ बिरामी फेला परेको पनि जानकारी दिए । अहिले दुई हजार पाँच सय ५९ जना कुष्ठरोगका बिरामीको उपचार भइरहेको पनि गौतमको भनाई छ । देशभर करिब ३३ हजार व्यक्ति यस रोगबाट अपांगता भएको अनुमान गरिएको गौतमले जानकारी दिए ।
यस्तै, दिवसका अवसरमा भोलि बिहान आईएनएफ सुर्खेतमा उपचाररत कुष्ठरोगका बिरामीहरुलाई फलफुल, उपहारलगायत सामग्री वितरण गरिने पनि उनले जानकारी दिए । अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । दिवसका अवसरमा आज (आइतबार) बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।
सिदार्थको स्थापना दिवसमाा दृष्टिबिहीन हेरविचार केन्द्रलाई २५ हजार सहयोग
सुर्खेतस्थिति सबैभन्दा ठूलो सञ्चारगृह सिद्धार्थ संचार सहकारी संस्था लि.को १० औं स्थापना दिवस शनिबार सम्पन्न भएको छ । स्थापनका दिवसको अवसर पारेर संस्थाले वीरेन्द्रनगरमा रहेको दृष्टिविहीन हेरविचार केन्द्रलाई नगद २५ हजार सहयोग प्रदान गरिएको छ ।
संस्थाले शनिवार एक कार्यक्रमको आयोजना गरी सहकारीका अध्यक्ष दिपबहादुर रानामगरले दृष्टिबिहीन केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यलाई २५ हजारको चेक प्रदान गरेका छन् । हरेक वर्ष सामाजिक संघसंस्थाहरुलाई सहयोग गर्दै आएको सहकारीले यसवर्ष दृष्टिविहीन हेरविचार केन्द्रलाई सहयोग गरेको हो । सहयोग हस्तान्तर गर्दै संस्थाका अध्यक्ष रानाले दृष्टिबिहीनहरुको जिवनस्तर माथि उकास्नका लागि आफूहरुको सहयोगले महत्वपूर्ण हुने बताए । केन्द्रका अध्यक्ष शाक्यले सहकारीले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले यस्तै संघसंस्थाहरुको सहयोग अपरिवार्ह रहेको बताउँदै सबैको सहयोग भए आफूले सुर्खेतमा दृष्टिबिहीनका लागि छात्रावास निर्माण गर्ने योजना रहेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा सिदार्थ सञ्चार सल्लाहकार डिलबहादुर वसीमगर, कृष्णा वंशीमगर, बेचुलाल चौधरी, संस्थाका उपाध्यक्ष कृष्ण रास्कोटीमगसर, सचिव ललित गाहामगर, सिद्दार्थ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष आशुराम सोमैमगर र व्यवस्थापक झक्कड पुलामीमगर लगायत सम्पूर्ण संञ्चालक सदस्य एवम् कर्मचारीको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












