तत्काल राजदुत नियुक्त गर्न सरकारलाई श्रम समितिको निर्देशन
काठमाडौं, १८ माघ । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले खाली रहेका मुलुकमा तत्काल राजदुत नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समिति बैठकले धेरै देशमा राजदुत नहुँदा नेपालको कुटनीतिक भूमिका कमजोर भएको भन्दै तत्काल नियुक्त गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।
यस्तै अवैतानिक वाणिज्य दुत रिक्त रहेको ठाउँमा तत्काल पुर्ति गर्न, निश्क्रिय रहेकालाई सक्रिय बनाउन र नयाँ स्थानमा अवैतानिक वाणिज्य दुत नियमावली अनुसार नियुक्त गर्न पनि समितिले निर्देशन दिएको छ ।
यस्तै अवैतानिक वाणिज्य दुतले गरेका कामको प्रत्येक वर्ष वस्तुगत मूल्याङ्कन गरेर प्रभावकारी काम गर्न नसक्ने व्यक्तिको कार्य अवधी नथप्न तथा देशको आवश्यकताको आधारमा मात्र नियूक्त गर्न पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति प्रभु साहले जानकारी दिनुभयो ।
बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रकाश शरण महतले राजदुत रिक्त रहेका मुलुकमा चाँडै नियुक्त गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले मिति घोषणा गर्दा काम नभए असर पर्ने भन्दै चाँडै राजदुत नियुक्त गर्ने बताउनुभएको थियो । समिति सदस्यले राजदुत राजनीतिक भागवण्डाका आधारमा भन्दा पनि दक्ष र योग्य व्यक्ति चयन गर्न सुझाव दिएका थिए ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












