संघीय महान्याधिवक्ता पदमा नव नियुक्ति
वसिङ्गटन, १८ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय महान्याधिवक्ता पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको छ ।
सो पदमा कार्यरत कायम मुकायम संघीय महान्याधिवक्ता स्याल्ली एट्सलाई सोमबार राति (नेपाली समयानुसार मङगलबार बिहान) हटाई उहाँको स्थानमा तत्कालै डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको हो ।
यस अघि, आप्रवासी र शरणार्थी तथा मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका देशका नागरिकहरुलाई अमेरिका प्रबेश निषेध सम्बन्धमा राष्ट्रपति ट्रम्पले जारी गर्नु भएको कार्यकारी आदेशको समर्थन र यसबाट उत्पन्न हुने मुद्दा मामिलाको बहस पैरबी नगर्न का.मु संघीय महान्याधिवक्ता स्याल्ली एट्सले न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताहरुका नाममा एक आदेश जारी गरेका थिए ।
डेमोक्र्याटिक पार्टीका समर्थक, पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा नियुक्त भएका महान्याधिवक्ता एट्सको यस्तो गतिबिधिबाट क्रुद्ध भै राष्ट्रपति ट्रम्पले उनलाई तत्कालै बर्खास्त गरी सो पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पको निजी सचिवालयमा सोमबार राति नै डाना बोएन्टेको शपथग्रहण भै सकेको बताइन्छ । लामो समयसम्म संघीय सरकारी वकिल भै कार्यरत बोएन्टेलाई अप्रत्याशित रुपमा नियुक्ति दिइएको जनाइएको छ ।
कायम मुकायम मुकर्रर हुनासाथ बोएन्टेले तत्कालै एक विज्ञप्ति प्रकाशित गरी खोसुवामा परेका पूर्व महान्याधिवक्ता एट्सको आदेश रद्द गरी न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताहरुले सरकारको नूनको सोझो चिताउन र आफूले शपथग्रहण गरे बमोजिमका कत्र्तव्य पालन गर्न (आवर सोर्न ड्युटीू ) नयाँ आदेश जारी गरेका छन् ।
साथै, राष्ट्रपति ट्रम्पले जारी गर्नु भएको कार्यकारी आदेश विषयबस्तु राम्ररी विश्लेषण गरी मस्यौदा गरिएको र एकदमै न्यायसंगत रहेको समेत उक्त विज्ञप्तिमा दावी गरिएको छ ।
Comments
अरु समाचार
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...












