संघीय महान्याधिवक्ता पदमा नव नियुक्ति
वसिङ्गटन, १८ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय महान्याधिवक्ता पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको छ ।
सो पदमा कार्यरत कायम मुकायम संघीय महान्याधिवक्ता स्याल्ली एट्सलाई सोमबार राति (नेपाली समयानुसार मङगलबार बिहान) हटाई उहाँको स्थानमा तत्कालै डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको हो ।
यस अघि, आप्रवासी र शरणार्थी तथा मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका देशका नागरिकहरुलाई अमेरिका प्रबेश निषेध सम्बन्धमा राष्ट्रपति ट्रम्पले जारी गर्नु भएको कार्यकारी आदेशको समर्थन र यसबाट उत्पन्न हुने मुद्दा मामिलाको बहस पैरबी नगर्न का.मु संघीय महान्याधिवक्ता स्याल्ली एट्सले न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताहरुका नाममा एक आदेश जारी गरेका थिए ।
डेमोक्र्याटिक पार्टीका समर्थक, पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा नियुक्त भएका महान्याधिवक्ता एट्सको यस्तो गतिबिधिबाट क्रुद्ध भै राष्ट्रपति ट्रम्पले उनलाई तत्कालै बर्खास्त गरी सो पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पको निजी सचिवालयमा सोमबार राति नै डाना बोएन्टेको शपथग्रहण भै सकेको बताइन्छ । लामो समयसम्म संघीय सरकारी वकिल भै कार्यरत बोएन्टेलाई अप्रत्याशित रुपमा नियुक्ति दिइएको जनाइएको छ ।
कायम मुकायम मुकर्रर हुनासाथ बोएन्टेले तत्कालै एक विज्ञप्ति प्रकाशित गरी खोसुवामा परेका पूर्व महान्याधिवक्ता एट्सको आदेश रद्द गरी न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताहरुले सरकारको नूनको सोझो चिताउन र आफूले शपथग्रहण गरे बमोजिमका कत्र्तव्य पालन गर्न (आवर सोर्न ड्युटीू ) नयाँ आदेश जारी गरेका छन् ।
साथै, राष्ट्रपति ट्रम्पले जारी गर्नु भएको कार्यकारी आदेश विषयबस्तु राम्ररी विश्लेषण गरी मस्यौदा गरिएको र एकदमै न्यायसंगत रहेको समेत उक्त विज्ञप्तिमा दावी गरिएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












